पार्टी घोषणा गर्न पत्रकार सम्मेलन गर्दै प्रभु साह, घाेषणापछि सरकारमा जाने तयारी
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १९:३०:५९
१४ पुष, काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य (सांसद) जितेका प्रभु साहले पार्टी घोषणा गर्न बिहीबार पत्रकार सम्मेलन गर्दैछन् ।
उनले कोटेश्वरस्थित एक पार्टी प्यालेसमा पार्टी घोषणा गर्न दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको एक नेताले बताए । उनले पार्टीको नाम ‘आम जनता पार्टी’ जुराइसकेका छन् ।
सो पार्टीमा सोही जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्मा विजयी किरणकुमार साह र सर्लाही क्षेत्र नं. ४ बाट बाट विजयी स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि आवद्ध हुने बताइएको छ ।
उनीहरु तीनै जना स्वतन्त्र सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाइसकेका छन् । तीनै जना एकै पार्टीमा आवद्ध भएर सरकारमा मन्त्री लिने योजनासाथ पार्टी घोषणामा लागेका हुन् ।
प्रभु एमालेबाट, सिंह र किरणकुमार कांग्रेसबाट विद्रोह गरेर गत मंसिरको ४ को प्रतिनिधिसभामा उम्मेदवार दिएर निर्वाचित भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
रवि लामिछानेको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार