पूर्वस्वीकृति नलिई शैक्षिक मेला गर्न बन्देज, अटेर गर्नेलाई कारबाही गरिने
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १९:४०:४७
१४ पुष, काठमाडौं । शैक्षिक मेला गर्ने आयोजकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने भएको छ ।मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ ।
केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिई भटाभट शैक्षिक मेला आयोजना गरेको गुनासाहरू व्यापक बढेपछि मन्त्रालयले त्यसमा रोक लगाएको हो ।
स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना सामग्री राखी मेलाको प्रचार गर्ने गरेको पाइएको भन्दै मन्त्रालयले त्यस्तो नगर्न भनेको हो । सूचनापछि पनि बिना स्वीकृति गरेको पाइएमा कारवाही गरिने जनाइएको छ ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ मा स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्दा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
मन्त्रालयबाट पूर्व स्वीकृति नलिई मेला वा कार्यक्रमसम्बन्धी कुनै मिडियाबाट प्रचारप्रसार नगर्न–नगराउन समेत निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार