कांग्रेस मधेश प्रदेश दलको नेतामा कृष्ण र रामसरोजको उम्मेदवारी
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार १९:४६:३३
१४ पुष, काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेता चयन निर्वाचनबाटै टुंगो लाग्ने भएको छ । बिहीबार बिहानसम्म सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचनबाटै दलको नेता चयन हुने भएको हो । त्यसका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ ।
कांग्रेस मधेस प्रदेश संसदीय दलको नेताका लागि कृष्णप्रसाद यादव र रामसरोज यादवको उम्मेदवारी परेको छ । पार्टी सभापति शेरबहादुर देउवा निकट रौतहटका कृष्ण यादव कांग्रेसको मधेश प्रदेश सभापति पनि हुन् ।
रामसरोज यादव अहिले मधेस प्रदेशमा कांग्रेसबाट मन्त्री छन् । उनी कांग्रेस नेता विमलेन्द्र निधि निकट छन् । विगतमा रामसरोज पनि देउवा निकट नै थिए ।
कांग्रेसको एक वर्षअघि सम्पन्न महाधिवेशनमा निधिले आफ्नो गुट बनाएपछि रामसरोज उतै लागेका हुन् । कांग्रेस मधेस प्रदेशमा दोस्रो ठूलो दल बनेको छ । केन्द्रको समीकरण फेरबदल भएकाले कांग्रेसलाई सरकार बनाउन सजिलो छैन । तर, पनि कांग्रेसले सरकार बनाउन वार्ता प्रक्रिया अघि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार