कांग्रेस प्रदेश १ संसदीय दल निर्वाचनमा ३ जनाको उम्मेदवारी दर्ता
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार २०:१:२१
१४ पुष, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा संस्थापन पक्षका दुईसहित तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षका देउवा पक्षीय नेता अमृत अर्याल र सिटौला पक्षका नेता उद्धव थापा र संस्थापनइतर पक्षबाट केदार कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
दलको नेता दाबी गरिरहेका भीम पराजुली उद्धव थापाको समर्थक बसेका छन् । सिटौला पक्षबाट दुई जना हुने भएपछि उद्धव मात्रै अघि सरेका हुन्।
संस्थापन पक्षले एक जनामात्रै उम्मेदवार बनाउन गरेको प्रयास विफल भएपछि दुई जनाले नै उम्मेदवारी दर्ता गरेका हुन्। संसदीय दलमा शुक्रबार ९ देखि १० बजेसम्म विराटनगरमा निर्वाचन हुँदैछ।
अहिले प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलको नेता हुन पाइने र भविष्यमा जुनसुकै बेला सरकारको नेतृत्वको अवसर आउने सम्भावना भएको भन्दै कांग्रेसभित्र तीव्र प्रतिष्पर्धाको अवस्था छ ।
९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् । विजयी हुन १५ मत आवश्यक पर्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
तीव्र बन्दै गएको आगो निभाउन अमेरिकाले खटायो कैदी, राम्रो गर्नेलाई १० डलरसम्म तलब
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार