सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ फेरि सर्यो
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार २१:२१:३४
१४ पुष, ललितपुर । उच्च अदालत पाटन ललितपुरमा दायर सन्दीप लामिछानेको रिटमाथि आज पनि सुनुवाइ हुन सकेन । मुद्दा पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौको आदेश बदरको माग गर्दै अभियुक्त लामिछानेले दिएको रिट निवेदनमा बिहीबार सुनुवाइका लागि न्यायाधीशद्वय सुभाष पौडेल र किरण पोखरेलको संयुक्त इजलासमा पेशी चढेपनि सुनुवाइ हुन नसकेको हो ।
सुनुवाई नभएपछि ‘हेर्न नभ्याइने’मा राखिएको अदालत प्रशासनले जनाएको छ । गएकाे मंसिर २९ मा दायर रिटमा सुनवाइका लागि यही पुष ७ मा गते पनि पेशी ताेकिएकाे तथयाे ।
नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले काठमाडौंको गौशाला प्हरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीमा लामिछानेले गएको भदौ ५ गते राति काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा लगेर रातभर बलात्कार गरेको आरोप लगाइएको छ । जाहेरी परेपछि लामिछाने असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार