एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको प्रचार आधारहीन : प्रवक्ता खतिवडा
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार २१:३४:१७
१४ पुष, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रवक्तासमेत रहेका उपहासचिव जगन्नाथ खतिवडाले कुनैपनि राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रियाअघि बढेको भन्ने प्रचार आधारहीन रहेको स्पष्ट पारेका छन् । बजार हल्लाको भ्रममा नपर्न पनि उनले आग्रह गरेका छन् ।
एमालेसँग पार्टी एकता हुन लागेको चर्चा चलिरहेका बेला बिहीबार एक वक्तव्य जारी गर्दै उनले कुनैपनि पार्टीसँग एकता प्रक्रिया अघि नबढेको बताएका हुन् ।
‘बजार हल्लाको भ्रममा नपरौँ । हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि बढेको छैन । कुनैपनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन’ उनले भनेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल मात्र भएको र निर्णय लिइनसकेको पनि उनले स्पष्ट पारेका छन् ।
पार्टीले सुद्धृढीकरणको योजना बनाइरहेको र पार्टी विस्तारका अभियानहरु कसरी अगाडि बढाउने भनेर विचार विमर्श चलिरहेको बताएका उनले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरु आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए ।
सो पार्टीकी नेतृ रामकुमारी झाँक्रीले भने एक संचारमाध्यमसँगको अन्तर्वार्तामा पार्टी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जतिको दूरदर्शिता राख्न नसकेको तर्क गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार