नेपाली कांग्रेस न खुम्चिएको छ, न कमजोर भएको छः डा. शेखर
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार २१:३८:५८
१४ पुष, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी नेतृत्वले कमजोरी गर्दा शासकीय सत्ताबाट कांग्रेस विमुख भएपनि यसको आकारमा कुनै परिवर्तन नआएको बताएका छन् । उनले सत्ता गठबन्धन कायम रहन नसक्नुमा कांग्रेस नेतृत्वको कमजोरी मात्र नभएर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्थिर राजनीति मूल कारक भएको बताएका छन् ।
विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रदेश सांसदहरुसँगको चियापान समारोहमा कोइरालाले नयाँ गठबन्धनलाई देशको स्थिरतामा ध्यान पुर्याउन सुझाव पनि दिएका छन् । उनले सरकारको नेतृत्व नयाँ गठबन्धनबाट भएपनि देशले राजनीतिक र आर्थिक स्थायित्व खोजेकाले यसमा विशेष ध्यान दिएर अगाडी बढुनुपर्ने बताए । कांग्रेस नेता कोइरालाले मुलुकको अर्थतन्त्र अत्यन्तै डमाडोल अवस्थामा रहेकाले अहिलेको सरकारले आर्थिक, राजनीतिक र सामाजिक स्थिरता दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिलेको सरकारले राम्रो काम गरेर देशलाई अघि बढाएर समृद्धि ल्याउनुका साथै आर्थिक, सामाजिक र राजनीतिकलाई स्थिरता दिनुपर्छ । सन् २०२३ मा विश्वभरि नै आर्थिक संकट बढ्दै जाने अर्थविद्हरुको प्रक्षेपण रहेकाले त्यसको असर नेपालको आमसर्वसाधारण पर्नु स्वभाविक हो । त्यसैले अहिले आर्थिक क्षेत्रमा देखिएका अप्ठयारा र संकटलाई यसअघि पनि अर्थमन्त्री भइसकेका विष्णु पौडेलजीले समाधान गर्न सक्नुहुन्छ भन्ने विश्वास छ ।’
उनले अन्तिम घडिमा आएर पदका विषयमा कुरा नमिलेर गठबन्धन भाँडिनु दुखद भएको बताए । कोइरालाले नबनाउनु गठबन्धन बनाइसकेपछि यसलाई लामो समयसम्म अगाडि बढाउने सोचे भएपनि त्यो कांग्रेस नेतृत्वको कमजोरी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुरुमा नै प्रधानमन्त्री बन्न चाहेको विषय पार्टी आफुले नेतृत्वलाई पहिले नै जानकारी गराइसको बताए ।
गठबन्धन टुट्नुमा कांग्रेस नेतृत्वको कमजोरी रहेको भन्दै अब कांग्रेस प्रतिपक्षमा पुगेकाले सदन र सडक दुवै ठाउँबाट देश र जनताको हितमा काम कटिबद्ध भएर लाग्ने कोइरालाले बताए । सरकारमा नजाँदैमा कांग्रेस खुम्चियो र कमजोर भयो भन्ने मानसिकता कांग्रेसीहरुले त्याग्नुपर्ने उनको भनाई थियो । कोइरालाले कांग्रेस सुधार अन्तिम विन्दुबाट सुरु गर्नु पर्ने र यसरी सुधार गरेर ल्याउँदा समग्र पार्टीमा सुधार आउने उनले बताए ।
उनले कांग्रेसको अहिलेको अवस्थाबारे सबैले चिन्ता गर्नुपर्ने तर, आत्तिएर हामी सकियौ, कांग्रेस सकियो भनेर चिन्ता गर्नुपर्ने कुनै कारण नभएको भन्दै कसैलाई यो भावना नराख्न आग्रह गरे । कोइरालाले भने,‘कांग्रेसभित्र ठूलो शक्ति छ, त्यसलाई हामीले अघि बढाउँछौं । जहाँ गल्ती हुन्छ त्यहाँ गलत भनेर अघि बढ्ने आँट राखेर अघि बढ्छौं । कांग्रेस नेतृत्वको सरकारले फौजदारी अभियोगको विषयमा ल्याएको अध्यादेशको खुलेरै विरोध गरेकै हौं र अहिलेको सरकारले पनि कुनै गलत काम गर्यो भने त्यसको विरोधमा हामी हुन्छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार