पूर्वप्रशासकीय अधिकृतसहित ३ जनविरुद्ध भष्ट्राचार मुद्दा
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार २१:४१:४३
१४ पुष, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित निर्माणधीन रामजानकी मन्दिरको गलत बिल बनाइ रकम हिनामिना गरेको आरोपमा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत र २ इञ्जिनियरविरूझ विशेष अदालतमा मुद्दा दायर भएकाे छ ।
तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनयप्रसाद यादव र सब इन्जिनियर उमेशकुमार दासविरुद्ध मुद्दा दायर भएकाे हाे ।
उनीहरूविरूद्ध परेको उजुरी अनुसन्धान गर्दा रामजानकी मन्दिर निर्माणमा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्यांककन गरी चढाएको तथा ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरी फिल्डमा वास्तविक कार्यभन्दा बढी मूल्यांकन गराई भुक्तानी र कार्य सम्झौता विपरीत कार्यसम्पन्न भएको भनी ९७ हजार आठ सय ४० रुपैयाँ बढी भुक्तानी भएको फेला परेको अख्तिारको भनाइ छ ।
उनीहरूलाई कानुनबमोजिमको कैद र जरिवानाको सजाय मागदाबी गर्दै आज बिशेष अदालत, काठमाडौंमा आयोगले आरोपपत्रसहित मुद्दा दायर गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार