दुर्गमका विद्यालयका बेथिति : ११ बजे पहिलो घण्टी
नेपालबहस संवाददाता
पुस १४, २०७९ बिहिबार २२:१३:१४
१४ पुष, मुगु । सबैजसो विद्यालयमा बिहान १० बजेअघि नै विद्यार्थी कक्षाकोठामा पुगिसक्नु पर्ने नियम छ । यसअघि प्रार्थना, राष्ट्रिय गान गाउने र सामान्य अभ्यास गराइने चलन छ ।
तर, मुगुको सोरु गाउँपालिका–८ कच्चेस्थित रारा माध्यामिक विद्यालयमा भने यो नियम लागु हुँदैन । यहाँ माथि उल्लेखित प्रार्थना, राष्ट्रिय गान गाउने र अभ्यास जस्ता कुनै गतिविधि हुँदैन । किनकी विद्यार्थीहरू विद्यालय आइपुग्दै साढे १० बज्ने गर्छ । अझ शिक्षकहरू त झन साढे ११ बजेमात्रै आइपुग्छन् । पहिलो घण्टी लागेको आधा घण्टासम्म विद्यार्थीहरू घाम ताप्दै शिक्षक कुरिरहेका हुन्छन् ।
मंगलबार बिहान साढे १० बजेतिर हामी विद्यालयमा पुग्दा विद्यार्थीहरू कोही पनि कक्षा कोठामा थिएनन् । चौरतिरै टहलीरहेका थिए । मंसिर, पुस महिनामा यहाँ निकै चिसो हुने भएकाले पहिलो पिरियड नै ११ बजेबाट सुरू हुन्छ । विद्यालय परिसरमा गतिलोसँग घाम पनि नलाग्ने भएकाले साना नानीबाबु सधैं जसो घामतिरै रमाइरहेका हुन्छन् ।
‘विद्यार्थीले चिसो मान्ने हँुदा विद्यालयले ११ बजे बाट पढाई सुरु गरेर ३ बजे विद्यालय बन्द गर्ने गरेका छौं’ रारा माध्यामिक विद्यालयका प्रधानाध्यापक सीताराम थारुले भने । उनका अनुसार विद्यालयमा विषयगत शिक्षक एक जना पनि छैनन, शिक्षकको अभाव पनि छ ।
विद्यार्थीको भविष्यमाथि खेलबाड नहोस् भनि निम्न माध्यामिक तहका शिक्षकले माध्यामिक तहका विद्यार्थीलाई पठनपाठन गर्नु पर्ने अवस्था भएको प्रअ थारुको भनाइ छ । विद्यालयमा शिशुदेखि १० कक्षासम्म प्राविधिक धारको पढाइ हुनेगर्छ ।
चिसोका कारण यहाँ मंसिर अन्तिममा वार्षिक परीक्षा हुनेगर्छ । पढाइ नै कम हुने हुँदा हरेक विषयमा वर्षभरिमा चारदेखि पाँच वटा पाठ मात्रै पढाइ हुने गरेका छ । ‘पोहोर पनि पुरै कोर्ष नपढी परीक्षा दियौं’ कक्षा ८ का अध्ययनरत विद्यार्थी कृष्णमाया कार्कीले भनिन् ।
उनका अनुसार कक्षा ८ मा जिल्लास्तरीय परीक्षा हुन्छ । कोर्स नै पूरा नभएको र अंग्रेजी विषय त पढाईनै भएको छैन । प्रायः गाउँकै व्यक्ति शिक्षक भएकाले पनि विद्यालयको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको स्थानीयले बताए ।
भौतिक पूर्वाधार जिर्ण
टाढाबाट हेर्दा सरकारी विद्यालय जस्तो पनि नलाग्ने सोरुको रारा माविको भौतिक पूर्वाधार जिर्ण छ । विद्यालयमा भएको खानेपानीका धारा बर्षाको बाढीपहिरोले बगाएको छ । यसको मर्मतमा विद्यालयले कुनैपनि चासो देखाएको छैन ।
मर्मत गर्न विद्यालयसँग स्रोत नभएको र अन्य कुनै पनि निकायले सहयोग नगरेको प्रधानाध्यापक थारुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार