नागरिकतासम्बन्धी मुद्दा सम्बाेधन नभएसम्म लाेसपाले सरकारलाई समर्थन नगर्ने
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार १८:४४:४७
१५ पुष, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रचण्ड नेतृत्वको सरकारमा जाने वा नजानेबारे अझै निर्णय लिन सकेको छैन ।
सरकारलाई समर्थन गर्न र सरकारमा सहभागी हुन एमाले र माओवादी केन्द्र लगायत सरकारमा सहभागी दलका नेताहरुले बारम्बार प्रयास गरेपनि लोसपाले कुनै निर्णय लिन नसकेको हो ।
तराई आन्दोलनका क्रममा सरकारले लगाएको झुटा मुद्दा खारेज र पीडितलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने, नागरिकताबाट बञ्चितलाई तत्काल नागरिकता तिवरण गर्नुपर्ने माग सम्बोधनबारे सरकारले ठोस कदम नचालेसम्म सरकारमा नजाने योजनाdf लोसपा रहेको छ । यस मानेमा लोसपा ‘पर्ख र हेर’को अवस्था रहेको बुझिन्छ ।
सरकारले विश्वास मत दिने अघिल्लो दिन मात्र के गर्ने ? भन्नेबारे निर्णय लिने प्रतिनिधिसभा सदस्य .सांसद) सर्वेन्द्रनाथ शुक्लाले बताए । पार्टीले उठाएको मुद्दा र एजेण्डा कार्यान्वयन गर्ने प्रतिवद्धता आएको खण्डमा मात्र सरकारलाई समर्थन दिनेबारे सोच्न सकिने उनको भनाइ छ । सरकारमा जाने वा नजाने विषयबारे पार्टीमा औपचारिक रूपमा छलपफल नै नभएकाे एक नेताले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति दलसहित ७ दलले समर्थन गरेका छन् ।
गएको मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोसपा कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमोसहित गठबन्धनमा आवद्ध भएर चुनाव लडेको थियो । चुनावको परिणाम आएपछि कांग्रेसको साथ छाडेर एमालेको समर्थनमा प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन गरेपछि लोसपा मौन बस्दै आएको छ । लाेसपासँग ४ सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार