धान उत्पादनमा ७ प्रतिशतले वृद्धि, हाइब्रिड बिउ प्रयोग अझै बढ्ने
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार २०:२:२६
१५ पुष, काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन झन्डै ७ प्रतिशतले बढेको छ । धान उत्पादन ६.९४ प्रतिशत बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले विवरण सार्वजनिक गरेको छ ।
धान उत्पादन बढे पनि धान खेती गरिएको क्षेत्र २ प्रतिशतले घटेर १४ लाख ४ हजार ७८९ हेक्टर रहेको मन्त्रालयले जनाएको छ। गत वर्ष धान थन्क्याउने बेला आएको बेमौसमी वर्षाका कारण ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको उसको विवरणमा उल्लेख छ ।
यस वर्ष धान उत्पादन ७ प्रतिशतको हाराहारीमा बढेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । तराई र पहाडका जिल्लामा उन्नत र हाइब्रिड बिउ प्रयोगमा भएको वृद्धि, मौसम अनुकूल हुनु तथा स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँच वृद्धि भएकाले उत्पादनमा बढेको उनले बताए ।
तैपनि सरकारले हरेक वर्ष भारतबाट ४० अर्ब रुपैयाँ भन्दा मूल्यको चामल आयत गर्दै आइरहेको विवरण सार्वजनिक हुँदै आएको छ । अर्कोतर्फ धान खेतीमा लगानी कम र किसानले सरकारले तोकेको धानको समर्थन मूल्य किसानले पाउन नसक्दा खेतीमा लाग्नेको संख्यामा कमी आउने क्रम रोकिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार