सिके राउत स्थानीयसँगको भेटघाटमा (तस्बिरहरु)
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार २२:३२:२६
१५ पुष, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद सिके राउत गृह जिल्लामा पुगेर स्थानीयसँग भेटघाटमा लागेका छन् ।
सरकारमा सहभागी भएसँगै काठमाडौंमा बस्न डेराको खोजी गरिरहेका राउत सप्तरीमा आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । उनी त्यहाँ मतदातालाई धन्यवाद दिँदै उनीहरुबाट बधाई शुभकामना लिने काममा व्यस्त भएका छन् ।
भेटघाट र भलाकुसारीको दर्जनौं तस्बिर उनले सामाजिक सञ्जालमा राखेका छन् । जनताको दुःखबारे बुझ्ने काम भइरहेको उनले संजालमा लेखेका छन् । तराई केन्द्रित रहेर विखण्डकारीको भूमिकामा विखण्डनको नारासहित भूमिगत राजनीति गर्दै आइरहेका बेला तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता गरेर खुला राजनीतिमा आएका थिए । आएसँगै जनमत पार्टी गठन गरेर गएको मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा भाग लिई उम्मेदवार दिएका उनी भारी मतसहित संघीय सांसदमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा उनले तराई क्षेत्रमा व्याप्त मिटर ब्याजपीडित र चिनी मिलबाट पीडित उखु किसानलाई न्याय दिने एजेण्डा लिएर प्रचारमा उत्रेका थिए । सरकारमा उनले उद्योग मन्त्रालय लिएका छन् । मन्त्रीमा पार्टीका उपाध्यक्ष अब्दुल खानलाई पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार