प्रधानमन्त्रीमा शपथ खाएकै भाेलिपल्टदेखि प्रचण्डले बोली फेरेको रेशम चौधरीको आरोप
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार २३:३१:३१
१५ पुष, काठमाडौं । कर्तव्य ज्यान कसुरमा डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका नवगठित दल नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री बनेकै क्षणबाट बोली फेरेको आरोप लगाएका छन् ।
कारागारबाटै एक संचारमाध्यमसँग अन्तर्वार्ता दिँदै उनले सरकार बन्नुपहिले प्रधानमन्त्री भएको २४ घण्टाभित्र जेलबाट रिहाईको व्यवस्था गर्ने आवश्सन दिएका प्रचण्डले प्रधानमन्त्री पदमा शपथ खाएकै क्षणबाट रिहाईबारे झुट बालेर बोली परिवर्तन गरेको बताएका छन् ।
संविधान जारी हुनुपूर्व २०७२ भदौ ७ मा कैलालीको टिकापुरमा भएको झडपमा नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको ज्यान गएको घटनामा जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेपछि उनी जेलमा छन् ।
यस्तै अवस्थाबीच उनकै जोड पहलमा गएको फागुनमा नागरिक उन्मुक्ति पार्टी गठन गरेर स्थानीय चुनाव र प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा राम्रै मत ल्याएर यही पुष १० मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि सरकारलाई उक्त दलले समर्थन गरेको छ ।
तर सरकार सरकारका प्रधामन्त्री बन्नुपहिले दिएका आश्वसनभन्दा विल्कुल फरक अभिव्यक्ति दिएपछि चौधरी आक्रोशित बनेका छन् । यसअघि कांग्रेस नेतृत्वको सरमा छँदा प्रचण्डले चौधरीसहित आफ्नै विरुद्ध रहेका मुद्दा किनारा लगाउने गरी ल्याएका अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएपछि रिहाईको संभावना टरेको छ । तैपनि आफैं प्रधानमन्त्री बनेका बेला चौधरी लगायत टिकापुर घटनामा तानिएका सबैलाई रिहाईको पहल गर्नुको साटो रिहाईका लागि कानून बाधक रहेको अभिव्यक्ति दिएपछि प्रम प्रचण्डको रवैयाप्रति पीडितहरु सशंकित बनेका छन् ।
अन्तर्वार्तामा चौधरीले थारु समुदा सधैं शान्तिको पक्षमा रहेको र सोही अनुरुप निर्वाचनमा जनताले मत दिएको बताएका छन् । टिकापुर घटना विशुद्ध राजनीतिक रहेको तर सरकारले अन्यायपूर्ण तरिकाले कानून समातेर फसाएको आरोप लगाएका छन् । सरकारले अझै अन्याया र दमन गर्न खोजे जनताको साथ लिएर अगाडि बढ्ने चेतावनी समेत उनले दिएका छन् ।
टीकापुर घटनाका राजबन्दीहरूलाई तत्काल रिहा गर्न र मुद्दा खारेज गर्न माग गरी सम्मानजनक रिहाइ र क्षतिपूर्ति दिन राज्यसँग माग गरे । उनले घटनाका सम्बन्धमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।
नागरिक उन्मुक्तिका अध्यक्ष समेत रहेकी रेशम पत्नी रञ्जिताले सरकार गठनअघि सरकार गठनमा समर्थन जुटाउने क्रममा गरिएका वाचा शुक्रबार मात्र स्मरण गराएकी छन् उक्त दलले रञ्जितासहित ३ जना संघीय सांसद जितेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार