बारामा पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार १७:५५:५६
१८ पुष, काठमाडौं । बारामा गोली लोड गरिएको पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
आइतबार साँझ बाराको पचरौता नगरपालिका–४ स्थित बीओपी बेल्दारीबाट खटिएको सशस्त्र प्रहरी बलको पैदल गस्ती टोलीले गुलरियास्थित नाकाबाट आउँदै गरेका बेला चेकजाँच गर्दा गोली लोड गरिएको पेस्तोल र गोलीसहित पक्राउ गरेकोजनाइएको छ । पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण जिल्लाको मोतिहारी–१६ बस्ने ४० वर्षीय चन्दन कुमार रहेको खुलेको छ ।
अभियुक्त चन्दनकुमारको साथबाट मोडल नम्बर २०२२ आरएफआई पेस्तोलमा तीन राउण्ड गोली लोड भएको अवस्थामा र चार राउण्ड केएफ ६.५ होस्टाइल राखिएको गरी एक थान पेस्तोल, उक्त पेस्तोलको म्यागेजिन र उक्त पेस्तोलमा लाग्ने ७ राउण्ड गोली बरामद गरिएको छ ।
उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई बुझाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार