बागमतीमा सरकार गठनभन्दा पहिला सभामुख र उपसभामुखको निर्वाचन
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार १८:८:२९
१८ पुष, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ ।सोमबार बिहान बसेको सर्वदलीय बैठकले बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति तय गरेको छ । प्रदेश सभाको पहिलाे अधिवेशन सोमबार दिउँसो १ बजे बोलाइएको छ ।
आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूची तय गर्न बसेको सर्वदलीय बैठकले प्रदेश सभाको कार्यसूची र सभामुख र उपसभामुखको निर्वाचनको मितिसमेत तय गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। सभामुख र उपसभामुखको निर्वाचनका लागि २७ पुसमा मनोनयन दर्ता गर्न मिति निर्धारण गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ।
आज बस्ने प्रदेश सभाको बैठकमा दलीय रूपमा दलका नेताहरूले शुभकामना मन्तव्य राख्नेछन् भने निर्वाचितबाहेकका मन्त्रीहरूलाई पनि सदनमा आसनको व्यवस्था गर्न दलहरू सहमत भएका छन्। निर्वाचनबाट नयाँ संसद आइसक्दा पनि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार