एकीकृत समाजवादीमा सरकारमा जानुपर्ने पक्षमा बोल्ने दुईजना मात्रै
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार १८:१९:२१
१८ पुष, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने कि नजाने भन्ने तीव्र बहस भइरहेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल हुने कि गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको स्थायी कमिटी बैठक बिना निष्कर्ष टुंगिएको छ ।
अब यो निर्णय गर्ने अधिकार पोलिटब्युरो बैठकलाई दिइएको छ । एकीकृत समाजवादी सरकारमा जाने वा नजाने भन्ने निर्णय अब पोलिटब्युरो बैठकले लगाउने भएको छ । दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले सरकारमा जान नहुने धारणा राखेका थिए ।
कतिसम्म भने सम्मानित नेता झलनाथ खनालले समेत यो सरकार वामपन्थी नेताको नेतृत्वमा बने पनि ‘खिचडी सरकार’ भन्दै समर्थन गर्न नसकिने धारणा राखेका थिए । स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा सहभागी हुन नहुने धारणा राखेपछि अध्यक्ष माधवकुमार नेपाल अलमलमा परेका छन् । प्रचण्डको निकै ठूलो दबाबपछि विश्वासको मत दिएर सरकारलाई समर्थन गर्ने सोच राखेका नेपाललाई अहिले के गर्ने भन्ने अन्योल देखिएको हो ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा दुई नेताले मात्र सरकारमा जानुपर्ने धारणा राखेका थिए । बैठकमा सहभागी एक नेताले मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले मात्र प्रचण्ड नेतृत्वको सरकारमा जानुपर्ने धारणा बैठकमा राखेका थिए । न्यौपाने निकै अघिदेखि एमालेसँग मिल्नुपर्छ भन्ने विचारका नेता हुन् । ज्वाला भने जसरी पनि एकपटक मन्त्री बन्न चाहिरहेका छन् ।
यदि पार्टीले प्रचण्डलाई विश्वासको मत दिए आफ्नो मन्त्री पद सुरक्षित हुने उनले देखेको एक नेताले बताए । ‘स्थायी कमिटी बैठकमा अधिकांशले यो सरकारमा तत्काल सहभागी हुन नहुने धारणा राखेका छन् । तर मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले भने सरकारमा जानुपर्ने विचार राख्नुभयो,’ एक नेताले भने ।
बैठकमा महासचिव बेदुराम भुसालले संगठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरेका थिए। पछिल्लो समय जनवर्गीय संगठनका साथै प्रवासमा रहेका पार्टीनिकट संगठन, शुभेच्छुकहरूसँग सुझाव लिइएको उनले बताए। अन्य नेताहरूले पनि पार्टी संगठन निर्माणमै ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
स्थायीकाे बैठक टुंगाेमा पुग्न नसकेपछि साेमबारबाट पाेलिट ब्यूराेकाे बैठक सुरू भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार