लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु, एमाले नेतृत्व सरकार बन्ने बलियाे संकेत
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार २०:३५:५२
१८ पुष, देउखुरी । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश राजधानी दाङको देउखुरीमा पहिलो अधिवेशन सुरु भएको हो । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अस्थायी सभामुखको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरूले शपथ लिएको भोलिपल्ट प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो ।
यो अधिवेशनमा सोमबार दुई वटा बैठक बस्ने कार्यसूची छन् । प्रदेशसभा सचिव दुर्लभ कुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाएका छन् भने प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्बोधन गरेका छन् ।
उनको संविधानसँगै आधा घण्टाका लागि बैठक स्थगित भएको छ। दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको सचिव दुर्लभ कुमार पुनले बताए ।
बैठकमा राजनीतिक दलहरूको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने छन् । लुम्बिनी प्रदेश सभामा यस पटक १० दलको प्रतिनिधित्व रहेको छ । अधिवेशन सुरु भएपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्नेछ ।
पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । ८७ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धन दलहरुबाट मात्र सांसद संख्या ५२ रहेको छ ।
यहाँ नेकपा (एमाले)ले सरकार बनाउने बलियाे संभावना देखिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
तीव्र बन्दै गएको आगो निभाउन अमेरिकाले खटायो कैदी, राम्रो गर्नेलाई १० डलरसम्म तलब
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार
पाथीभराबाट देखिएको हिमश्रृङ्खला
पुष २९, २०८१ सोमबार