सोनाम ल्होछार उत्सवको रुपमा मनाइने
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार २२:३५:०
१८ पुष, काठमाडाैं । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति, लमजुङले यस वर्षको सोनाम ल्होछार भव्यताका साथ मनाउने निर्णय गरेको छ । पत्रकार सम्मेलनमार्फत समितिले २८५८औं सोनाम ल्होछार ९तक ल्हो० भव्यताका साथ मनाउने निर्णय गरेको जनाएको हो ।
यहि ३० पुस फुलबारी मञ्चमा सोनाम ल्होछार मनाउने गरी प्रस्तावित कार्यक्रम प्रस्तुत गरिएको थियो । लमजुङ जिल्लामा रहेका जनजातिमध्ये दोश्रो स्थानमा रहेका तामाङ जातिको भाषा, धर्म, लिपि, मौलिक संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा तामाङ जातिको परम्परागत भेषभूषा, बाजागाजा, वोम्बो, लम्ब, लामा, गन्बा आदिको प्रदर्शनी समेत गरिनेछ । यसैगरी, कला, संस्कृति, साहित्य, गीत संगीतको जगेर्ना गर्न समेत कार्यक्रमले सहयोग पुग्ने आयोजकले लक्ष्य लिएको छ ।
Check also: Traffic Rider Mod Apk
बेँसीशहरको फुलबारी मञ्चमा गर्न लागिएको कार्यक्रमलाई जिल्लाका उद्योगी, व्यापारी, व्यवसायी, विद्यार्थी, शिक्षक, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि र अनुसन्धानकर्ता एवं स्थानीय र छिमेकी जिल्लाका आमनागरिकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।
२५ हजार दर्शकले उक्त उत्सव अवलोकन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तकोशीमा स्नान गर्ने श्रद्धालुको घुइँचो
पुष २९, २०८१ सोमबार
एकमहिने माधवनारायण मेला त्रिवेणीधाममा सुरु
पुष २९, २०८१ सोमबार
नेपाल आइपुगिन् चर्चित कथावाचिका देवी प्रतीभा
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
भारतले सोधपुछका लागि बङ्गलादेशका उप उच्चायुक्तलाई बोलायो
पुष २९, २०८१ सोमबार