मुख्यमन्त्रीकै गाउँमा बोक्सीको आरोपमा दलित महिलालाई निर्घात कुटपिट
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार १७:४९:४४
१९ पुष, काठमाडौं । मधेश प्रशका मुख्यमन्त्री लालबाबु राउतको पर्सा जगरनाथपुर गाउँपालिकामा एक दलित महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ ।
जगरनाथपुर गाउँपालिका–३ खलुचडीका ६० वर्षीय दलित महिला सुदामा देवी चमईनलाई बोक्सीको आरोपमा छिमेकी मिलेर कुटपिट गरेका छन् । गम्भीर घाइते सुदामादेवीको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेको टाउको, घाँटी लगायत शरीरको विभिन्न भागमा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आइतवार साँझ घरमै चिसो छल्न घुर ताप्दै गरेको अवस्थमा नबी आलम राउत गद्दी, रैफुल मास्टर राउत गद्दी, बासुदेव महरा चमार र सुरेश महरा चमार लगायतले कुटपिट गरेको पीडित परिवारले जनाएको छ ।
घाइते सुदामाको छोरा प्रभु महराका अनुसार अचानक छिमेकका चार पाँच जना मिलेर बोक्सीको आरोपमा कपाल समातेर बाँसको भाटाले हिर्काएर लछापछार गर्दै कुटपिट गरेका हुन् । घाइतेको दाँतमा समेत गम्भीर चोट लागेको छ । मल मूत्र खुवाउने प्रयास गरिएको उनले बताए । कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न उनले माग गरे ।
‘बोक्सा, बोक्सी’ शब्द प्रयोग गरी गाली गलौज गर्न र कुटपिट गर्न कानूनले निषेध गरे पनि छिमेकीहरुले सुदामालाई बाटो हिँडदाधसमेत होच्याउने गरिएको छिमेकीहरुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
एकमहिने माधवनारायण मेला त्रिवेणीधाममा सुरु
पुष २९, २०८१ सोमबार
माओवादी पदाधिकारी बैठक स्थगित
पुष २९, २०८१ सोमबार
गण्डकीमा एक लाख १८ हजार किशोरीलाई एचपिभी खोप लगाइने
पुष २९, २०८१ सोमबार
अध्ययन समितिले भन्यो, चिकित्सकको तलब डेढ लाखदेखि २ लाख ५० हजारसम्म बनाउनुपर्छ
पुष २९, २०८१ सोमबार
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
पुष २९, २०८१ सोमबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार