राइनासकोट र लिगलिगकोट जोड्ने पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिने
नेपालबहस संवाददाता
पुस १९, २०७९ मंगलबार २२:०:८
१९ पुष, लमजुङ । लमजुङको राइनासकोट र गोरखाको लिगलिगकोट जोड्ने पदमार्ग निमार्णका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाबीच भएको अन्तर्पालिका साझेदारी समन्वय बैठकमा दुवै पालिकाको विकास र अन्तरसम्बन्ध मजबुद बनाउन उक्त निर्णय भएको हो ।
बैठकमा जिल्लाकै एतिहासिक पर्यटकीयस्थलको रुपमा रहेको राइनास नगरपालिकामा पर्ने राइनासकोट र पालुङटार नगरपालिकामा पर्ने लिगलिगकोट जोड्ने पदमार्ग निर्माण र चेपे करिडोर विकासको सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको हो ।
बैठकमा दुवै पालिकाको अन्तरसम्बन्ध रहेका र साझेदारी गर्न सक्ने साझा विकासका विविध आयाम तथा सम्भावनाहरूमा छलफल गरी विभिन्न निर्णयसहित हस्ताक्षर गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुर्लले बताए ।
छलफलका क्रममा दुई पालिकाको सिमानाको रुपमा रहेको चेपे नदीको संरक्षण गरी जलिय जैविक विविधता संरक्षण गर्नेको लागि नदीमा हुने अप्राकृतिक रुपमा विद्युतीय करेन्ट तथा विष प्रयोग गरी माछालगायत जलचर मास्ने गतिविधिको नियन्त्रण गर्न आवश्यक उपाय ‘अवलम्बन गर्ने निर्णय भएको छ ।
चेपे नदीमा ड्याम निर्माण गरी बहुउदेश्यीय बृहत जलासयका लागि सम्भाव्यता अध्ययन गर्ने तथा सोको लागि सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको राइनासका प्रशासकीय अधिकृत सुयलले वताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार