कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित, माहोल मिलाएर मात्र फेस गर्ने देउवाको रणनीति
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार १९:७:३१
२० पुस, काठमाडौं । तयारी नपुगेको भन्दै पुष २२ गते बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठकमा पार्टीबारे उठ्ने प्रश्नको फेस गर्न असहज अवस्था देखिएपछि पार्टी सभापति शेरबहादुर देउवाले बैठक सार्न लगाएको बताइएको छ ।
केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने गरी सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समिति बैठक मूलरुपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको भएपनि पछिल्लो समयमा आएर कांग्रसभित्र अकै परिस्थिति सिर्जना भएको छ । सभापति देउवाले व्यक्तिगत हठ राख्दा गठबन्धन भाँडिएको र कांग्रेसलाई शुन्य अवस्थामा पुर्याएको भन्दै नेतृत्वको आत्मसमीक्षासहित नीति र विषेश महाधिवेशन बोलाउनु पर्ने आवाज उठेको छ ।
मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन । कांग्रेस सत्ता र शक्तिबाट बिमूख भएपछि संस्थापन र इतरसमूहबीच चर्को विवाद छ । सरकार गठनबारे अन्तिमसम्म पनि पार्टीका पदाधिकारीसँग छलफल नगरी सभापति देउवाले प्रधानमन्त्री नछाड्ने अडान लिँदा पार्टीले सर्वश्व गुमाउन परेको भन्दै महामन्त्रीद्वयसहित कोइराला समूहले तत्काल नीति महाधिवेशनको माग गरेको छ । यसै विषयमा जानकारी गराउन कांग्रेसले आज पत्रकार सम्मेलन समेत गर्दैछ ।
पार्टी विधानमा ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिएपछि त्यसलाई संस्थापन समूहले टार्दै आएको छ । उपसभापति पूर्णबहादुर उपसभापतिलाई खड्का नीति, अनुसन्धान तथा प्रतिष्ठानको प्रमुख तोकिएपछि निर्वाचन लगायतका कारण देखाएर समितिलाई समेत पूर्ण बनाइएको छैन् । विधानमै उपसभापति उक्त पदको प्रमुख हुने व्यवस्था भएकाले सभापति देउवाले उक्त पदमा खड्कालाई मनोनित गरेका थिए । खड्काको नेतृत्वमा नीति, अनुसन्धान तथा प्रतिष्ठान बनेको पनि एक वर्ष हुन लागेको छ ।
इतरसमूहले नीति महाधिवेशनको माग गरेपछि आफु उपस्थित हुँदा बैठकलाई सहज बनाउने वतावरण मिलाउन देउवाले बैठक सार्न लगाएको एक नेताले बताए । २२ गतेदेखि कांग्रेसको केन्द्रीय समितिको बैठक डाकिएकाले नीति महाधिवेशनका विषयमा छलफल हुने नेताहरुको आशा थियो । सभापति देउवाले भने बैठकमा छलफलका एजेण्डामा यो विषय समावेश नगराएको बताइएको छ । नेपालबहससँगको कुराकानीमा कांग्रेस इतरसमूहका एक नेताले भने, कांग्रेसमा नीति महाधिवेशन नयाँ राजनीतिक अभ्यास हो । अन्योलमा रहेको नीति महाधिवेशन हुन सकेमा कांग्रेसमा नयाँ प्रयोगको प्रारम्भ पनि हुन्छ ।’
पहिलोपटक नीति महाधिवेशन गर्न लागिएकाले कुन विधि अपनाउने भन्नेमा दुबै समूह अन्योलमा देखिएका छन् । नीति महाधिवेशन राख्दा यसकै प्रतिनिधि मात्र सहभागी गराउने वा छुट्टै विधि अवलम्बन गर्ने भन्नेमा हालसम्म छलफल भएको छैन । केन्द्रीय समितिको बैठकले नै यसबारे निर्णय लिनुपर्ने अवस्था छ । नीति महाधिवेशनको औचित्य माथि समेत पार्टी भित्रै प्रश्न उठाइएको छ । नीति र नेतृत्व छुट्याउने विधिप्रति केही केन्द्रीय सदस्यले असन्तुष्टि पनि जनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनको परिणामबाट सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र यतिबेला गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको र त्यो अस्वभाविक नभएको महामन्त्रीद्वयको भनाइ थियो । यसमा संस्थापन पक्षले असहमति जनाएको छ । दुवै पक्षको आफै तर्क र अडान रहेकाले कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेमा आशंका देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार