प्रदुषण फैलाएको भन्दै लुम्बिनी चिनी मिलमा आक्रोशित स्थानीयले गरे तालाबन्दी
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार १९:१:२९
२० पुष, बुटवल । पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले ताला लगाइदिएका छन् । उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् ।
खरानीसहितको कालो धुँलोको कारण सास्ती खेप्दै आएका स्थानीयले पटकपटक उद्योगलाई प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।
उद्योग सञ्चालनका क्रममा ईन्धनको रुपमा प्रयोग गरिने भुसबाट कालो धुलोको कणहरू सुनवल क्षेत्रमा फैलने गरेको छ । धुँलोले बालीनाली र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै बुधबार स्थानीयको एक समूहले उद्योगमा तालाबन्दी गरी समस्या समाधान नभएसम्म उद्योग नचलाउन चेतावनी दिएको स्थानीय जीवन पौडेलले बताए ।
मानव स्वास्थ्यमा मात्रै होइन् धुँलोका कारण कपडा सुकाउन समेत नहुने अवस्था छ । साथै, हिडडुँल गर्न पनि अप्ठ्यारो भएको स्थानीयको भनाइ छ ।
उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले आफुहरुले प्रदुषण नियन्त्रणका लागि उपकरण खरिद प्रक्रिया सुरु गरेको बताउँदै केही दिनभित्रै समस्या समाधान हुने बताए । उद्योगले केही दिन अगाडिबाट उखु क्रसिङ्ग सुरु गरेपछि प्रदुषण फैलिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार