भेला रोकेर कोइराला समूहका शीर्ष नेताहरु आन्तरिक छलफलमा
नेपालबहस संवाददाता
पुस २१, २०७९ बिहिबार १७:३:१०
२१ पुष, काठमाडौं । केन्द्रीय समितिको बैठक सरेको भन्दै नेपाली कांग्रेसको संस्थापन इतरसमुहले बिहीबारका लागि बोलाएको आफु पक्षीय भेला स्थगित गर्दै शीर्ष नेताहरुबीच छलफल गर्दैछ । कांग्रेस केन्द्रीय समिति बैठक आगामी २८ पुषमा सारिएको छ ।
२२ पुसमा बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै २८ पुषमा बैठक सारिएपछि कोइराला समुहले पनि भेला सारेर शीर्ष नेताको छलफल राखेको हो ।
आगामी केन्द्रीय कार्यसमिति बैठकका लागि रणनीति बनाउन नेता कोइरालाले आफ्नो समूहको भेला बोलाएको थियो । भेला सारिए पनि शीर्ष नेताबीच छलफल हुने कांग्रेस युवा नेता रन्जित कर्णले जानकार दिए । पार्टी नेतृत्वले समयमै सुझबुझ पुर्याउन नसक्दा सत्ताबाट बाहिरिनुपरेको भन्दै कांग्रेसमा तीव्र असन्तुष्टि बढेको छ ।
संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई सत्ताबाट बाहिरिनुपरेको आरोप डा.शेखर कोइराला–गगन थापा समूहले लगाउँदै आएको छ । कोइराला समूहका नेताहरुले गठबन्धन टुटेको तथा चुनावी समीक्षा र केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल गर्ने बुझिएको छ ।
नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार