महाकाली अस्पतालमा स्वास्थ्यकर्मीको अभाव
नेपालबहस संवाददाता
पुस २१, २०७९ बिहिबार १९:१२:४४
२१ पुष, दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको सो स्वास्थ्य संस्था २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो ।
जिल्ला अस्पतालमा रुपान्तरण भए पनि जनशक्ति अभावका कारण १५ शय्यामा मात्रै सञ्चालन भयो । तत्कालीन समयमा डा गणेशदत्त भट्ट एक जना चिकित्सकले मात्रै जिल्ला अस्पताबाट सेवा प्रवाह गरेको थियो । जिल्ला अस्पताललाई स्तरोन्ती गर्दै विसं २०४३ मा ५० शैयाको अञ्चल अस्पताल (रेफरल सेन्टर) को रुपमा परिणत भयो । स्थापनाकालदेखि नै जनशक्ति अभाव झेल्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए ।
विसं २०४५ मा अस्पताल समिति विकास गठन भयो । २०६१ मा निजी स्रोतबाट सञ्चालन हुने गरी ५० शय्या थप गरी १०० शय्याको सञ्चालन गर्न स्वीकृति प्राप्त भयो । अस्पतालका लागि भौतिक पूर्वाधार निर्माण भए । तर अस्पतालले आवश्यक जनशक्तिको अभाव झेलिरह्यो । प्राथमीक स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै उप–प्रादेशिक अस्पतालसम्म स्तरोन्नति भयो । अस्पतालले स्थापनाकालदेखि नै दरबन्दी अनुसारका विशेषयज्ञ चिकित्सक कहिले नपाएको उनले बताए ।
अठ्ठाइस विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा विशेषज्ञ चिकित्सक १५ जना मात्रै रहेका छन । विशेषज्ञ बाहेक जनरल फिजिसियन कार्यरत छन रहेपनि जनशक्ति अझै अपुग नै छ । हाल गाइनो विशेषज्ञ दुई जना एमडिजीपी, हाडजोर्नी रोग विशेषज्ञ, प्याथालोजिष्ट र एनएसथेसियालगायतका विशेषज्ञ मात्रै रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भट्टले जानकारी दिए ।
विशेषज्ञ बाहेकका अन्य मेडिकल अधिकृत, नर्सिङ, ल्याबका स्वास्थ्यकमीसमेत अभाव रहेको उनले बताए । “पर्याप्त जनशक्ति अभावकै कारण हामीले कोभिडका बेला निर्माण गरेका वार्ड सञ्चालनमा ल्याउन सकेका छैनौँ ।” उनले भने“अस्पतालको सेवा विस्तार हुँदै गए पनि स्थापनाकालदेखी कहिल्यै दरबन्दी अनुसारका चिकित्सक भएनन् ।” यसका कारण यहाँको स्वास्थ्यसेवा प्रभावहमा समस्या हुने गरेको उनले बताए ।
महाकाली अस्पताललाई सुविधामा राखिएकाले यहाँ विशेषज्ञ चिकित्सक आउन नमान्ने गरेको अस्पताल व्यवस्थापन समितिका पूर्वध्यक्ष अशोक पाण्डेय बताउँनुभयो । “हामीले अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउन धेरै प्रयास गर्यौँ, चिकित्सक आउन मानेनन् ।” उनले भने–“यहाँ आम्दानी कम छ निजी मेडिकल छैनन, अस्पतालबाट अतिरिक्त सुविधा उपलब्ध गराउन सकिएको छैन ।” विगतका वर्षमा चिकित्सकमाथि हुने धरपकडले पनि महेन्द्रनगरमा चिकित्सक आउन नचाहने उनले बताए ।
स्वास्थ्य जस्तो संवेदनशील ठाउँमासमेत राजनीतिक हस्तक्षेप हुन थालेपछि अस्पतालको सेवा प्रवाहमा समस्या हुने गरेको यहाँका स्थानीयवासी मदन चन्द बताउँछन् । “राज्यले पनि स्पष्ट कानुन बनाउन नसक्दा कर्मचारी भनेको ठाउँमा जादैनन् ।” उनले भने–“यहाँका स्थानीय र यहाँबाट निर्वाचित भएर गएकालेसमेत यसप्रति चासो नदिएका कारण दरबन्दी अनुसारका चिकित्सक अभाव भयो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत
कात्तिक १६, २०८१ शुक्रबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
प्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा
कात्तिक १६, २०८१ शुक्रबार
नेपाल पर्यटन बोर्डमा पहिलोपटक सेलरोटी पकवान प्रतियोगिता
कात्तिक १६, २०८१ शुक्रबार
रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार