ज्येष्ठ सदस्य राणाको नेतृत्वमा आज सर्वदलीय बैठक, पहिलो अधिवेशनबारे छलफल हुने
नेपालबहस संवाददाता
पुस २२, २०७९ शुक्रबार १६:४३:२७
२२ पुष, काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सम्मिलित सर्वदलीय बैठक शुत्रबार (आज) बस्दैछ । बैठकले संसद अधिवेशनको पहिलो बैठकका एजेण्डाबारे छलफल गर्ने बताइएको छ । बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले बताएका हुन् ।
आजको छलफलमा अघिल्लो संसद्को कार्यकाल सकिँदा पारित हुन बाँकी रहेका विधेयक नागरिकता, निजामती कर्मचारी, सत्य निरुपण तथा मेलमिलापसँग सम्बन्धित लगायत महत्वपूर्ण विधेयकहरु सरकारले तत्काल अघि बढाउनुपर्ने लगायतका विषय रहेका छन् । निर्वाचित संघीय संसद्को पहिलो अधिवेशन सोमबार बस्दै छ । सभामुख र उपसभामुखबिनाको संसद्को पहिलो अधिवेशन ज्येष्ठ सदस्य राणाको नेतृत्वमा बस्नेछ ।
बैठकको कार्यप्रक्रिया र एजेन्डा तय गर्न संसद् सचिवालयले ज्येष्ठ सदस्य राणाकै नेतृत्वमा शुक्रबार सर्वदलीय बैठक आह्वान गरेको हो । बैठकमा संविधान कार्यान्वयन र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कामसँग सम्बन्धित नयाँ संसद्को जिम्मेवारीकाबारे छलफल हुनेछ । प्रधानमन्त्रीको विस्वासको मत लिने प्रक्रिया राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको निर्वाचन लगायतका विषयमाथि सर्वदलीय बैठकमा छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार