कान्तिबाल अस्पताललाई एक हजार शय्याको बनाउने तयारी
नेपालबहस संवाददाता
पुस २२, २०७९ शुक्रबार २१:५६:३२
२२ पुष, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताएका छन।
आज यहाँ आयोजित कान्ति बाल अस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा गुरुयोजनाअनुसार नै अस्पतालको स्तरोन्नतीका लागि मन्त्रालयले काम गरिरहेको बताए । यसका लागि आवश्यक कर्मचारी दरबन्दीका लागि समेत अर्थ र सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको उनको भनाइ छ ।
“अस्पतालमा नर्सिङ जनशक्तिको अभाव कायमै छ, आवश्यक कर्मचारी दरबन्दीका लागि अर्थ र सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइसकेका छौँ”, उनले भने ।
सेवाग्राहीको बढ्दो चापअनुसार सेवा उपलब्ध गराउन आवश्यक कर्मचारी दरबन्दी थप गर्न अर्थ मन्त्रालयबाट सहमति जुटाउने प्रयास भइरहेको मन्त्रालयकै सचिव देवकुमारी गुरागाईंले बताए । उनले भने, “अर्थ र सामान्य प्रशासन मन्त्रालयबाट सहमति ल्याउनका लागि तपाईंहरुको साथ चाहिएको छ ।”
अस्पतालका निर्देशक डा युवानिधि बसौलाले राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्न र एक हजार शय्याको अस्पताल बनाउन विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’को काम भइरहेको जानकारी दिए ।
वार्षिकोत्सवका अवसरमा अस्पताल परिसरमा ‘वाटर भेन्डिङ मेसिन’ ‘वाटर एटिएम’ सुरुआत गरेको छ । वाटर एटिएमबाट रू एकमा चिसो र तातो पिउने पानी उपलब्ध हुन्छ ।
कूल ५२ शय्याको आकस्मिक कक्ष सुरु गर्न १५ जना स्टाफ नर्स र १० जना सिनियर मेडिकल अफिसर ‘एमओ’ गरी दरबन्दी ८३ पु¥याउन अस्पतालले मन्त्रालयलाई आग्रह गर्दै आएको छ ।
कार्यक्रममा चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा. डा. डीएन शाहले हरेक प्रदेशमा एउटा बाल अस्पताल निर्माण गर्नुपर्ने बताए । सन् १९६३ मा ५० शय्याबाट सुरु भएको कान्तिबाल अस्पतालमा अहिले तीन सय ३० शय्याबाट सेवा प्रवाह भइरहेको छ ।
अस्पतालले आर्थिक वर्ष २०७८ र ७९ मा एक लाख १६ हजार चार सय ५३ जनालाई बहिरङ्ग सेवा उपलब्ध गराएको थियो । साथै उक्त अवधिमा अस्पतालबाट ४४ हजार आठ सय ९२ जनाले आकस्मिक सेवा र दुई हजार पाँच सय २६ जनाले सर्जरी सेवा लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार
खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत
कात्तिक १६, २०८१ शुक्रबार