दादुराको प्रकोप फैलिएपछि स्वास्थ्यकर्मीले गुहारे स्थानीय सरकार
नेपालबहस संवाददाता
पुस २२, २०७९ शुक्रबार २२:२३:८
२२ पुष, बुटवल । बाँकेको नेपालगन्जमा दादुराको प्रकोप फैलिएपछि नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले स्थानीय सरकारलाई गुहारेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा दादुरा रोग प्रकोपको रूपमा फैलिएपनि आवश्यक रणनीति बनाउन बसेको स्वास्थ्यकर्मीहरुको बैठकले नियन्त्रणका लागि स्थानीय सरकारलाई आग्रह गरेको हो ।
स्वास्थ्यकर्मीहरूले उपचारका लागि चाहिने सहयोग जुटाउन स्थानीय सरकारलाई पत्राचार समेत गरेका छन् । प्रकोपबाट नेपालगन्जमा साढे दुई वर्षका बालकको मृत्यु भएको छ । अहिलेसम्म ३० जनाभन्दा बढी यस रोगका बिरामी पत्ता लागेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले एक सातादेखि दादुरा फैलिन थालेको जनाएको छ । यसको संक्रमणले प्रकोपको रूप लिएपछि उपचार तथा नियन्त्रणका लागि प्रयास थालेको कार्यालयले जनाएको छ ।
नेपालगन्ज–५ स्थित एउटै परिवारका चार बालबालिकामा दादुरा संक्रमण भएको स्वास्थ्यकर्मीले फेला पारेका थिए । अभिभावकले दादुराका बिरामी बालबालिकालाई लुकाएकाले उपचार तथा रोगको निदानमा ढिलाई भएको कार्यालयले जनाएको छ । उपमहानरका विभिन्न क्षेत्रमा संक्रमण फैलिएकाले जोखिम बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज–५, ७, ८, ९, १०, ११, १४, १५ र २२ नम्बर वडामा बिरामी पत्ता लागेका छन् ।
‘सक्रमित सबैजसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ,’ स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेलले भनिन्, ‘स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदै एक जना बालकको मृत्यु भएको हो । अब अरू बिरामीको खोजी गर्दै दादुराविरुद्धको खोप लगाउने तयारीमा छौं ।’
दादुराविरुद्धको चार हजार ५०० डोज खोप आइपुगेको र जनशक्ति जुटाएर लगाउने थाल्ने उनले बताइन् । स्वास्थ्य कार्यालयले गत शनिबार पाँचजना बिरामीको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाएको थियो । जसमध्ये चार जनामा दादुरा पुष्टि भएको थियो । ती सबै चार जना एकै घरका थिए ।
सहरमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्वास्थ्य कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको टोली निगरानीमा खटिँदै आएका छन् । यहाँ ९ महिनादेखि १५ वर्ष उमेर समूहमा दादुराको प्रकोप देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार