प्रहरीको पूर्वअर्थमन्त्री शर्मालाई समात्ने संकेतले प्रधानमन्त्री र गृहमन्त्रीबीच टकराव
नेपालबहस संवाददाता
पुस २३, २०७९ शनिबार १७:१७:८
२३ पुष, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६५ करोड बराबरको शंकास्पद अमेरिकी डलर प्रकरणमा सहयोगी बनेका पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई छानविनका लागि नियन्त्रणमा लिने संकेत दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच टकराव बढेको बताइएको छ । शुक्रबार व्युरोले अछामका पृथ्वी शाहसहित ६ जनालाई पक्राउ गरेपछि पूर्वअर्थमन्त्री शर्मालाई राज्यशक्तिका आडमा पक्राउ नगरिएको भन्दै विरोध सुरु भएको छ ।
अनधिकृत डलर कारोवारी शाहसहितलाई समातेपछि सोही प्रकरणमा मुछिएका शर्मालाई पनि पक्राउ गर्नुपर्ने दवाव ब्युरोलाई परेपछि ब्युरोले उनलाई पक्राउ गर्ने संकेत सरकारलाई दिएको स्रोतको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड शर्मालाई बाहिरबाटै सोधपुछ गर्दा हुने पक्षमा छन भने गृहमन्त्री प्रहरीको अनुसन्धानमा प्रभाव पार्न नमिल्ने पक्षमा छन् । गृहमन्त्री लामिछानेले केन्द्रीय अनुसन्धान ब्युरोलाई यो प्रकरणमा निसंकोच काम गर्न निर्देशन दिएको प्रहरी स्रोतको भनाइ छ ।
तत्कालिन समयमा आएको अमेरिकी डलर शंकास्पद देखिएपछि नेपाल राष्ट्र बैंकले पृथ्बी शाहको खाता आएको करिब ६५ करोड बराबरको रकम रोक्का गरेपछि फुकुवा गरिदिन अर्थमन्त्रीका रुपमा शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका थिए । तर, अधिकारीले मन्त्री शर्माको निर्देशन र दवाव नमानेपछि उनलाई गभर्नरबाट बर्खास्त गरिएको थियो । शर्माले सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई दवाव दिएर रोक्न लगाएका थिए । शर्माको दवावमा बखास्त भएका गभर्नर अकिारी सर्वोच्चको आदेशपछि राष्ट्र बैंक फर्किएका थिए ।
प्रहरीको अनुसन्धान ब्युरोलाई अहिले डलर प्रकरणको छानविनका लागि शर्मालाई पनि नियन्त्रणमा लिनुपर्ने दवाव बढेको छ । प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिन लागेका बेला शर्मा संलग्न डलर प्रकरणमा मुछिएकाहरु पक्राउ परेपछि यो विषयले नेकपा माओवादीमा पनि तनाव उत्पन्न भएको छ । शर्मालाई पक्राउ गर्नबाट रोक्दा आलोचना बढ्ने डर गृहमन्त्रीलाई छ । उनी गृहमन्त्री भएको धेरै समय नभएकाले सुरुको अवस्थामा नै पार्टीका शक्तिशाली नेतालाई कारवाही गर्न डराएको आरोप लाग्ने पक्का छ । तर, उनी प्रधानमन्त्रीको दवावमा छ ।
ब्युरोले पनि तत्कालीन अर्थमन्त्री शर्माको संरक्षणमा शंकास्पद रकम ओसारपसार गरेका अछामका पृथ्वी शाहसहितलाई समातेर कारवाही चलाउँदा शर्मामाथि पनि निगरानी राखेको छ । ब्युरोले सार्वजनिक गरेको विवरणअनुसार शाहले साथीभाइ, आफ्नो र परिवारका नाममा विभिन्न कम्पनी खडा गरी करिब ६५ करोड बराबरको शंकास्पद रकम ओसारपसार गर्दा शर्माको संलग्नता पनि देखिएको छ ।
शाहले ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर (हालको विनिमय दरअनुसार ६१ करोड ३३ लाख ७९ हजार २ सय ८४ रुपैयाँ), १२ हजार ८ सय २५ पाउन्ड स्टर्लिङ डलर (हालको विनिमय दरअनुसार २० लाख ४३ हजार ५ सय ३५ रुपैयाँ) र ३ करोड २२ लाख २८ हजार ६ सय ८० रुपैयाँ शंकास्पद कारोबार गरेको पुष्टि भएको छ । अस्वाभाविक रकम ओसारपसार गरेको देखिएपछि अनुसन्धान गर्न राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सोही बेला पत्राचार गरेको थियो ।
राष्ट्र बैंकले शाहको खाता रोक्का गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले कानून विपरित रकम फुकुवा गरिदिन लिखित निर्देशन नै दिएका थिए । अर्थमन्त्रीबाट शर्मा बाहिरिएलगत्तै प्रहरीले पनि शाहसहित ६ जनालाई पक्राउ गरी अदालतबाट ६ दिनको म्यादसमेत लिएको छ । पक्राउ पर्नेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ घर भई काठमाडौं बस्दै आएका शाह, भाइ विजयविक्रम, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवलपरासीका रुक्मांगत काफ्ले र अछामकै रंगबहादुर साउद रहेका छन् ।
उनीहरुलाई पक्राउ गरेलगत्तै गृहमन्त्री लामिछानेले अनुसन्धान टुंगोमा पुर्याउन निर्देशन दिएका छन् । उनले अपराधमा जति नै उच्च पदस्थको संलग्नता भए पनि कानुनी दायरामा ल्याउने क्षमता नगुमाउन भनेका छन् । यसको अर्थ पूर्वअर्थमन्त्री शर्मालाई पनि समातेर अनुसन्धान गर्नु भनेको हो, एक प्रहरी अधिकारीले नेपालबहसलाई बताए । तत्कालीन समयमा अर्थमन्त्रीका रूपमा शर्माले राष्ट्र बैंकलाई पत्र लेखेका मात्र लेखेका थिएनन्, सार्वजनिक विज्ञप्ति जारी गरेर शाहको बचाउसमेत गरेका थिए । स्वस्फूर्त रूपमा आएको विदेशी लगानीलाई अनेक बहानामा रोक्का गरी नेपालमा लगानी ल्याउन चाहनेलाई निरुत्साहित गर्न खोजिएको टिप्पणी शर्माको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार