पाँच वर्षका लागि थान्को लागेको कांग्रेसले च्याँखे नथापे हुन्छः ओली
नेपालबहस संवाददाता
पुस २३, २०७९ शनिबार २०:४९:९
२३ पुष, काठमााडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले विपक्षी दल नेपाली कांग्रेस पाँच वर्षका लागि थान्को लागेको बताएका छन् । उनले पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भन्दै जोडले लागेको कांग्रेसको कुनै उपाय नचल्ने बताएका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले त्यसका लागि प्रधानमन्त्रीको ’पद बाँड्दै हिँडेको’ बताए ।
ओलीले कांग्रेसहरु यस्तो खुद्रा खेलमा लागेको र पार्टीहरुमा प्रधानमन्त्री बाँडिरहेको ओलीको आरोप लगाए । उनले भने, ‘दलका नेताहरूलाई बोलाएर प्रधानमन्त्रीको कुरा गर्नु भएको छ । यो संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेन भने अर्को विकल्पमा जाँदै जाँदैन स्वतः संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो पार्टीको दलको नेता प्रधानमन्त्री नियुक्त हुन्छ ।’
कांग्रेस सत्ता आउँछ कि भन्नेर आगामी ५ वर्ष सरकार ढाल्ने खेलमा लाग्ने पनि ओलीको जिकिर थियो । ‘उहाँहरुको अबको ५ वर्षको धन्धा सरकारको विरोध गर्न वा ढाल्नमा रहनेछ । अहिले पनि हामीभित्रको अन्तर विरोधमा खोल्न पायो भने सरकारको नेतृत्व पाउँछ । त्यस्तो भएन भने ७६ (४) नभए ७६ (५)मा जान्छ,’ ओलीले भने ।
उनले नेपालको सरकार निर्वाणप्रति छिमिकी देशले अनावश्यक चासो राखेको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्वासको मत लिन लागिरहेका बेला सत्ता समीकरण बदल्न भइरहेको प्रयासतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले यस्तौ बताए । अध्यक्ष ओलीले बाह्य शक्तिले सरकार गठनमा अनावश्यक चासो राखेको बताए । संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा ओलीले भने, ’यो नेपालीले बनाएको सरकार हो । यो परिवर्तनको सन्दर्भमा हामी नेपालीले सरकार बनाएका छौं । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँचजो थियो ।’
सरकार गठन गर्नु नेपाली स्वाधिनताका लागि महत्वपूर्ण भएको ओलीको भनाइ थियो । उनले सरकार गठनका क्रममा विभिन्न कूटनीतिक मान्यता विपरीतका कार्य भएको पनि बताए । सरकारी गठनका क्रममा भएका त्यस्ता कुरालाई राजनीतिक दलहरूले प्रतिरोध गरेको ओलीको भनाइ थियो । उनले बाह्य हस्तक्षेपविरुद्ध उठेर सरकार गठन गरेको बताए ।
उनले भने, ’हामी सार्वभौम सत्ता सम्पन्न राष्ट्र हौं भन्ने कुराको अनुभूति, यो सानो कुरा होइन । नेपाली जनता अहिले किन खुसी छन् यसै कारण कि नेपालीले सरकार बनाएको छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको विषयमा ओलीले भने, ’अहिले पनि हाम्रा मित्रहरू ढोकाबाट होइन पर्खाल माथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागेका छन् ।’
प्रधानमन्त्री दाहालले पुस २६ गते संसद्बाट विश्वासको मत लिँदैछन् । त्यसलाई असफल बनाउन प्रमुख प्रतिपक्षमा पुगेको नेपाली कांग्रेस लागेको सूचना सार्वजनिक भएको अवस्थामा सत्तारुढ गठबन्धनका प्रमुख नेता ओलीले भने, ’यस्तो खालको क्रियाकलापको अपेक्षा गर्दैनौं । हामीले हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौ । जे सहयोग गर्न सक्नुहुन्छ गर्नुस् तर आन्तरिक मामिलामा हात हाल्ने काम नगर्नुस् ।’
नेपालले कुनै पनि विदेशी मुलुकको आन्तरिक राजनीतिमा चासो नराख्ने र विदेशी मुलुकले पनि त्यस्तो गर्न नहुने ओलीको भनाइ थियो । उनले नेपालमा जुन सरकार बन्यो त्यससँग मिलेर काम गर्न छिमेकी मुलुकहरूलाई आग्रह गरेका छन् । उनले भने, ’हामी कसैमाथि अर्घेल्याउँ गर्न गएका छैनौं, हामीमाथि पनि अर्घेल्याइँ नहोस् । हामी हाम्रा छिमेकीहरूलाई जो सरकार बन्छ त्योसँग मिलेर काम गर्न आग्रह गर्छौं । हामी सबै छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्न चाहन्छौं ।’
एमालेले प्रतिनिधिसभामा निर्वाचित संघीय सांसदहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । संसदीय दलका नेतासमेत रहेका ओलीले संसदीय गतिविधिमा सहभागी हुने विषयलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन पनि दिए । उनले कुनै पनि कार्यक्रममा समयमा आउने र समयभरि बस्ने र खासगरी सांसदहरू संसदीय अभ्यासमा संसद्को बैठकमा भाग लिन नभ्याउने परमपरा अन्त्य गर्नुपर्ने बताए ।
ओलीले भने,‘संसद्को काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरू बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन । कहिलेकहिले नभ्याउने परिस्थिति पनि पर्न सक्छ,’ उनले भने, “तर, आम रूपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौँ । हामी सांसद हौँ । र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनुपर्दछ । संसदीय दलको बैठक जति बजे बोलायो, त्यति बजे उपस्थित हुनुपर्दछ । संसदीय अन्य गतिविधिहरूमा जति बजे बोलाइएको छ, त्यति बजे उपस्थित हुनुपर्छ । समयसीमाको पालना गर्नुपर्दछ । त्यसमा सबै साथीहरूले ध्यान दिनुपर्दछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार