इसेवा मार्फत अन्तर्राष्ट्रिय गन्तब्यका टिकट काट्नेको संख्या बढ्दो, अझै नयाँ सुविधा थपिँदै
नेपालबहस संवाददाता
पुस २४, २०७९ आइतबार २०:४१:२९
२४ पुष, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तराष्ट्रिय गन्तब्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू इसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाईल एप्स् मार्फत टिकट काट्न थालेका हुन् । इसेवाले अन्तराष्ट्रिय गन्तब्यका लागि थप सुविधाहरू प्रदान गर्दै गइरहेको छ ।
इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट विक्री गर्दे आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट विक्री गर्दा यसप्रति आकर्षण बढ्दै गएको हो । इसेवाको सेवा मार्फत वैदेशिक यात्रामा जाने हरेक नेपालीले इसेवामार्फत् कुनै पनि देशका गन्तव्यका हवाइ टिकट सहजै काट्न सकिनेछ ।
इसेवा टुर्स एण्ड ट्राभल्सले आफ्नो सुरूवात देखि नै अहिलेसम्म ६० हजार भन्दा धेरै यात्रुलाई अन्तर्राष्ट्रिय गन्तब्यको सुविधा दिइसकेको छ । इसेवामा विश्वका जुनसुकै देशका तथा नेपाल आउने टिकट काट्न मिल्ने सुविधा रहेको छ ।
देशभर एक लाख ६५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
नारायणकाजीको सम्पत्ति एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ?
जेठ ८, २०८१ मंगलबार
श्रीलङ्कामा प्रतिकूल मौसमी प्रभाव बढ्दो, ३३ हजारभन्दा बढी मानिस प्रभावित
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति कति छ ?
जेठ ८, २०८१ मंगलबार
रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार