स्प्रिट पिएकी छात्राको मृत्युलाई लिए स्थानीयद्वारा प्रदर्शन
नेपालबहस संवाददाता
पुस २४, २०७९ आइतबार २१:३४:२३
४ पुष, सिरहा । सिरहामा विद्यालयको लापरबाहीका कारण शनिबार एक छात्राको मृत्यु भएपछि विद्यार्थी र स्थानीय अभिभावकहरूले प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैयास्थित सगरमाथा हाइयर सेकेन्डरी स्कुलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरकी १६ वर्षीया सिर्जना कुमारी महराको औषधि खाने क्रममा पानीको बोतलमा रहेको स्प्रिट पिउँदा मृत्यु भएको हो ।
आक्रोशित विद्यार्थीहरुले आइतबार बिहान १० बजेबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्दै मिर्चैयास्थित इलाका प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए । स्प्रिट पिएर शुक्रबार बिरामी परेकी महराको सिरहाको कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा शनिबार राति १२ बजेतिर मृत्यु भएको थियो । विद्यालयको चरम लापरबाहीले सिर्जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेपछि खुलाउन प्रहरीले तीन राउण्ड हवाइफायर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरी बहादुर वलीले जानकारी दिए ।
उनका अनुसार राजमार्ग अवरोध खुलाउने क्रममा ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका छन् । महिनावारीका कारण पेट दुखेपछि सिर्जनालाई शुक्रबार विद्यालयकै एक शिक्षिकाले दिएको औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिउँदा बिरामी भएको अभिभावक र विद्यार्थीको आरोप छ । विद्यालयले ह्वाइट बोर्ड सफा गर्न स्प्रिटको प्रयोग गर्थ्यो । विद्यालयका संस्थापक प्रिन्सिपल प्रदिप तिवारीले आफैंले विद्यार्थीको उपचार नगराएर केही भएको छैन भन्दै घर ल्याइदिएको सिर्जनाका वुवा धर्मेन्द्र महराले गुनासो गरेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरि बहादुर वलीले सिर्जनाको हातमा पानीको सट्टा कसरी स्प्रिट पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । विद्यालयले घटना स्वीकार गरेको र औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिन्सिपल प्रदिप तिवारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार