अध्ययनका लागि क्यानडा जान कति खर्च लाग्छ, कसरी गर्ने क्यानडाको प्रोसेस ?
नेपालबहस संवाददाता
पुस २४, २०७९ आइतबार २२:२८:६
२४ पुष, काठमाडौं । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली बिद्यार्थीहरुको चासो बढीरहेको देखिन्छ । यसैबिच गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
करिब २०० विद्यार्थी तथा अभिवाहकहरु माझ सम्पन्न उक्त कार्यक्रममा उपस्थितहरुले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समय संगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरु, कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको अवसर र प्रकार लगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानाडामा अध्ययन गर्नजाने विद्यार्थीहरुले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानाडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरु र सामना गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराएका थिए ।
विद्यार्थीहरुले क्यानाडा गएपछि सुरुवाती दिनहरुमा कामभन्दा पनि पढाईलाई बढी प्राथमिकतामा राख्न सुझाव दिदै पढाई पछि विद्यार्थीहरुले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरु प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने कुरालाई जोड दिएका थिए ।
सो अवसरमा अर्का परामर्शदाता सतिस भट्टले हरेका आवेदकको पढाई, आर्थिक अवस्था, अनुभव फरक–फरक हुने भएकाले सबै डिपिन्डेटमा जाने विद्यार्थी र उनको जीवनसाथीले भिन्दा भिन्दै आवेदन दिनु प्रभावकारी हुने बताए ।
त्यस्तै परामर्शदाता तथा विद्यार्थी संयोजक प्रकाश रेग्मीले विद्यार्थीहरुलाई ढुक्क भएर पि।टि।इ। तयारी गरेर राम्रो अंक प्राप्त गरेपछि आवदेन दिन सुझाव दिए ।
क्यानाडाको अध्ययन भिषामा जान विजनेस, कम्प्युटर प्रोग्रामिङ्ग, हस्पिटालिटी, नर्सिङ्ग, फोटोग्राफ्री , बेकरी तथा पेष्ट्री, प्लम्बिङ्ग, कारपेन्ट्री, कृषि तथा सिभिल इन्जिनियरिङ्ग लगायतका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार