विदेशी शक्तिको षडयन्त्रलाई चिरेर परमादेशी गठबन्धन भत्काइयोः ओली
नेपालबहस संवाददाता
पुस २४, २०७९ आइतबार २२:४२:३१
२४ पुष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनेको परमादेशी गठबन्धन ढाल्नु एमालेका लागि ठूलो सफलता भएको बताएका छन् । उनले नेपाली कांग्रेस नेतृत्वमा रहेको गठबन्धनलाई भत्काउन आफुले चुनावअघि गरेको घोषणा सफल भएको दाबी गरेका छन् ।
जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशी–विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा नयाँ सरकार बनेको बताए । उनले अहिले पनि यो नसरकारलाई असफल बनाउन षडयन्त्रहरु भइरहेको भन्दै यसबाट सचेत हुनुपर्ने बताए ।
ओलीले आफुले छिमेकीहरुसँग सन्तुलित सम्बन्ध बनाउन चाहेको तर छिमेकीहरु कक्युनिष्ट सरकार फरबदल गर्ने प्रयासमा लाागेको भन्दै नेपालको सरकारप्रति विदेशी चासो अश्वभाविक भएको बताए । उनले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउदा त्यो छिमेकीहरुलाई नपचेको बताए ।
अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन भत्काएर यो अवस्थामा पुर्याउदा पनि एमाले नेतृत्वको कम्युनिष्ट सरकार र पार्टी ढालेर कोर्ष करेक्सन गरेकोमा गर्व गरिरहेको टिप्पणी गरे । नेपालले शनिवार आयोजित कार्यक्रममा आफ्नै अगुवाईमा केपी ओलीलाई ढालेर राजनीतिलाई सही दिशामा लगेको बताएका थिए । ओलीले एमालेलाई सिध्यायौं भनेर दंग परे पनि एमाले भनेको रक्तबीज भएकाले यो अझ मजबुत हुने बताए । कांग्रेसले गठबन्धनको बल र बुथ कब्जा गरेर केही सीट एमालेभन्दा बढी जिते पनि एमालेलाई जनताले लोकप्रिय मतमा पहिलो बनाएको ओलीको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार