संसद सुशासन र समृद्धिका पक्षमा एक हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार १९:४८:६
२५ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद जनतालाई सुशासन दिने र आर्थिक समृद्धिका विषयमा सिंगो संसद एक भएर लड्नुपर्ने बताएा छन् । उनले प्रतिनिधिसभाको अबको कार्यकाल सुशासन र समृद्धिका लागि केन्द्रित बनाउन आफु सदैव प्रयासरत रहेने पनि बताएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताए । उनले जनताले असाधारण संकल्पको अपेक्षा गरेको बताउँदै यो संसद् आफूहरूको परीक्षाको केन्द्र भएको दावी गरे ।
प्रतिनिधिसभाको सोमबारबाट सुरु भएको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ’यो संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ ।’ संसद्मा लोकतान्त्रिक अभ्यासको वातावरण हुनुपर्ने उनको भनाइ थियो । संसद्मा उत्तेजनाभन्दा पनि समझदारीमा अगाडि बढ्नुपर्ने उनको आग्रह थियो ।
राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा संसद बैठक केन्द्रित हुनुपर्ने उनको भनाइ छ । विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउन, समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्नेमा आफु विस्वस्त रहेको उनले बताए ।
प्रचण्डले भने, ‘हाम्रा अभ्यासहरूमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । राष्ट्रका आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिइनेछ । सहमतिमात्रै होइन हाम्रा मतभेद पनि मर्यादापूर्ण हुनेछन् । हामी भर्खरै जननिर्वाचित भएका छौं । जनताको हामीमाथिको समर्थन ससर्त छ भन्ने लाग्दछ‚ निःसर्त छैन । हामी सुशासन दिन सक्छौं वा सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं वा सक्दैनौँ ? ।’ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि सोमबार पहिलोपटक संसद् बैठक बसेको हो । बैठकमा सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार