सुशासनका क्षेत्रमा हामीबाट जनताले धेरै अपेक्षा गरेका छनः देउवा
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २०:५:४३
२५ पुष, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको संसदबाट आाम जनताले धरै कुराको अपेक्षा गरेको बताएका छन् । उनले जनताको चाहानालाई मध्यनजर गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा दिगो विकास, सुशासन, विकास र समृद्धि प्राप्त गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकमा सम्बोधन गर्दै देउवाले राज्यका सम्पूर्ण निकाय संविधान, कानुन र नैतिक आचरणमा चल्नुपर्ने बताए ।
उनले मुलुकको व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभाा बैठकमा लिखित सम्बोधन गरेका देउवाले प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा गरेको र त्यसका लागि सांसदहरुले काम गर्नुपर्ने बताए । उनले संसदको आगामी यात्रा स्पष्ट हुन जरुरी रहेको भन्दै संघीय लोकतन्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि सबैको साझा लक्ष्य हुनुपर्ने बताए ।
उनले भने,‘संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सुदृढिकरण आजको आवश्यकता हो । यसका लागि संविधानको रक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन आजको आवश्यकता हो,’ उनले भने, ’संविधानको कार्यान्वयन गर्न धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी छन् । संविधानको रक्षा र त्यसका लागि नीति, कानुन बनाउनु छ । लोकतन्त्रको उन्नयनका निमित्त संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व हुन्छ।’
प्रतिनिधिसभाले आफ्नो ऊर्जा नेपाल र नेपाली जनताको हितमा लगाउनुपर्ने देउवाको भनाइ थियो । उनले प्रधानमन्त्रीमा नियुक्त भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै सांसदहरूलाई पनि उनले शुभकामना दिएका छन् ।
सभापति देउवाको सम्बोधनको पूर्णपाठः
सम्माननीय सभामुख महोदय,
(१) नेपालको वर्तमान संविधान जारी भएपछि दोस्रो प्रतिनिधि सभाको पहिलो बैठक आज प्रारम्भ हुदैछ। म सबै भन्दा पहिले देशमा लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुर्नस्थापना र संरक्षणकालागि जीवन आहुती दिन हुने सम्पूर्ण प्रातः स्मरणीय ज्ञात, अज्ञात शहिदहरुमा हार्दिक श्राद्धान्जली अर्पण गर्दछु ।
(२) देशमा संघीय, लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र बर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैका प्रति उच्च सम्मान गर्दै प्रसंशा गर्न चाहन्छु ।
(३)प्रतिनिधि सभामा निर्वाचित भएर आउनु भएका सबै माननीय सदस्य साथीहरुलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईहरु पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वथा सफल हुनु हुनेछ भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभ कामना व्यक्त गर्दछु । तपाईहरुलाई निर्वाचित गर्ने जनताको भावना अनुरुप काम गर्न अनुरोध गर्दछु ।
(४)माननीय पुष्प कमल दाहाल प्रचण्डजी प्रधानमन्त्री नियुक्त हुनु भएको छ । वहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषदको गठन भएको छ । म नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु । वहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभ कामना व्यक्त गर्दछु । मन्त्रिपरिषदमा नव नियुक्त माननीय मन्त्रीज्यूहरुलाई बधाईका साथै सफलताको शुभ कामना व्यक्त गर्दछु ।
(५)आज भन्दा अठार महिना पहिले अप्रत्यासित तवरले विकसित राजनीतिक घटनाक्रमको बिचमा नेपाली काँग्रेस सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिए। तत्कालिन अवस्थामा संविधानको भावना बमोजिम प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानिय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गरि देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो । यस कार्यमा तमाम चुनौति र कठीनाईहरु थिए तापनि प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो । स्थानिय तहको निर्वाचन समयमा सम्पन्न भयो । पछिल्लो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर आज हामी प्रतिनिधि सभाको पहिलो बैठकमा बसी रहदा मलाई हर्ष एवं गौरवको अनुभूति भएको छ। म यस अवसरमा सवैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
सभामुख महोदय,
(६) आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो। स्थानिय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनहरु समयमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने देश भित्र र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहीनी, दाजूभाईहरु, सबै मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी संयन्त्र, नागरिक समाज, बुद्धिजिवि, संचार जगत र निर्वाचनमा प्रत्यक्ष वा परोक्ष रुपले संलग्न भई सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु । निर्वाचनको प्रयोजनकालागि अन्तर्राष्ट्रिय जगतबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।
(७) म माननीय सदस्यहरुलाई विषेश रुपले आग्रह गर्न चाहन्छु । यो प्रतिनिधि सभावाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन । हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो।यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो । संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी छ।संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरुपका आवश्यक नीति र कानून बनाउनु छ । लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ । हाम्रो सम्पूर्ण उर्जा, मनस्थिति, व्यवहार र काम कारवाहि नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रीत हुनु पर्दछ । सबै माननीय साथीहरुमा म हार्दिक अपील गर्न चाहन्छु प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विषेश योगदान गर्न सकोस्। हामी सबै यसमा सफल हुन सकौं ।
सभामुख महोदय,
(८) मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा सबै भन्दा ठूलो राजनीतिक दल बनेको छ । नेपाली काँग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्नु हुने देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजूभाई, दिदीबहिनीहरुमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु । पार्टीका सबै साथीहरुले गर्नु भएको मेहनतको उच्च सराहना गर्दै धन्यवाद दिन चाहन्छु । संचार माध्यमले जनतालाई सुसूचित गर्ने गरि असल काम गर्नु भएको छ । वहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । नागरिक समाज, बुद्धिजिवि लगायत सबै शुभेच्छुक प्रति आभारी छु । म सम्पूर्ण दाजूभाई, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, तपाईले दिनु भएको विश्वासमा ठेस लाग्न दिने छैनौं । नेपाली काँग्रेस जनताको अपेक्षा र पार्टीका साथीहरुको भावना अनुसार काम गर्नेछ । हाम्रा असंख्य शहिदहरुको त्याग, तपस्या र बलिदानवाट हामीले प्रेरणा पाएका छौं ।
संस्थापक नेता वि.पी. कोइराला, सुवर्ण शसशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, सुशिल कोईराला लगायतका नेताहरुको मार्ग दर्शनले हाम्रो यात्रा निर्देशित छ । म सबै नेताहरुको योगदानलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । म नेपाली काँग्रेसको ईतिहासलाई पनि स्मरण गरिरहेको छु । देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आई परेपनि काँग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ । यो सुनौलो ईतिहासले हामीलाई आगामी दिनमा पनि प्रेरणा दिईरहने छ ।
देशभरिका लाखौं साथीहरुको कठोर परिश्रम, मेहनतले हामी नेपाली जनतामाझ स्थापित भएका छौं । म सबै साथीहरुलाई विश्वास दिलाउन चाहन्छु शहिदहरुको बलीदान, नेताहरुको प्रेरणा र मार्ग निर्देश र साथीहरुको परिश्रम खेर जान दिईने छैन । हामी नेपालको संविधानको रक्षा र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र संमृद्धि प्राप्त गर्ने हाम्रो लक्ष्यमा अबिचलित रुपले लागीरहने छौं । देश र जनताको बृहत्तर हितमा काम गर्ने छौं । यो प्रतिनिधि सभामा नेपाली नेपाली काँग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ । जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विषेश ध्यान जानेछ ।
सभामुख महोदय
(९) अन्तमा एक पटक पुनः नव नियुक्त प्रधानमंत्री माननीय पुष्पकमल दाहाल प्रचण्डजी र सबै माननीय सदस्यहरुलाई बधाई र कार्यकालको सफलताको कामना गर्दछु ।
धन्यवाद। जय नेपाल ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार