अब मुलुकको राजनीतिक र आर्थिक स्थायित्वका लागि काम गरौँः ओली
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २०:१६:३५
२५ पुष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धन प्रतिगमनको पक्षमा नरहेको भन्दै अब सबै राजनीतिक दलहरु देशको राजनीतिक र आर्थिक स्थायित्वका लागि एक भएर काम गर्नुपर्ने बताएका छनत् । आफू प्रधानमन्त्री भएको बेला दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेका ओलीले त्यो काम सही भएको जिकिर गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष केपी ओलीले मुलुकमा राजनीतिक स्थायित्वका लागि काम गर्नुपर्ने भन्दै नेताहरू संसदीय खेलमा सरकार गठन र विघटनको खेलमा लाग्न नहुने बताए । प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा ओलीले सरकार गठन हुन नपाउँदै ढलाउने खेलतिर लाग्न थालेको भन्दै जनता र देशका लागि कहिले काम गर्ने हो भन्ने प्रश्न गरेका थिए । उनले भने, ’सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने ? सरकार बन्न पाएको छैन बिगार्ने खेलतिर लाग्यौं भने समयको बर्बादी हुन्छ ।’
नयाँ राजनीतिक दलहरूको उदयले पनि जनताले स्थिरता र विकास चाहेको देखिएको ओलीको भनाइ थियो । जनताले सरकारमा परिवर्तन खोजेकाले संसद्मा नयाँ दल र नयाँ सांसदहरूको उपस्थिति रहेको उनले बताए । सरकार जनताको काम गर्नका लागि गठन हुनुपर्नेमा नेताहरूको सम्मानका लागि हुने गरेको भन्दै उनले थपे, ’व्यक्तिको मान सम्मानका लागि होइन देशमा उन्नति गर्नका लागि सरकार बनाउनुपर्छ । देश चलाउन, जनताका निम्ती काम गर्न सरकार चलाउनुपर्छ ।’
प्रधानमन्त्री र मन्त्री बन्नका लागि बन्न नहुने जनताको काम गर्नका लागि हुनुपर्ने ओलीको भनाइ थियो । उनले सांसदहरू पनि बन्नका लागि नभई काम गर्नका लागि जिम्मेवारी प्राप्त भएको बुझ्नुपर्ने धारणा राखे । राजनीतिक दलहरू र संसद् राजनीतिक मूल्य र मान्यतामा चल्नुपर्ने ओलीको भनाइ थियो ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा ओलीले प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको जिकिर गर्दै भने‚ ’नेपालमा बडो हल्ला चलाइयो, प्रतिनिधिसभा विघटन भनेको प्रतिगमन हो कि ! बेलायतमा त कतिपल्ट प्रतिगमन भएछ त्यसो भए त ! संसदीय प्रणालीको जन्मदाता देशामा प्रतिगमन अस्तिसम्म भएको थियो । यति धेरै जान्ने पनि अलिक नहौं कि !’
मौकाअनुसारका व्याख्या यति धेरै भएको भन्दै उनले भने, ’प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन । जनताका अधिकार खोसिनु प्रतिगमन हो । जनताको अभिमतका लागि जनतामा जानु र सार्वभौम सत्ताबाट आदेश प्राप्त गर्नु प्रतिगमन होइन । संसद्बाट सरकार बन्नु, संसद्बाट सरकार ढल्नु प्रतिगमन होइन । अन्यत्रबाट सरकार ढाल्ने गरियो भने त्यो प्रतिगमन हो । अहिलेको गठबन्धन प्रतिगमनमको पक्षमा छैन, जाँदैन । सरकार बनाउने र कुठाउँबाट सरकार बनाउनेमा जाँदैन, जानु हुँदैन ।’
वर्तमान सत्ता समीकरण राष्ट्रियताको पक्षमा जाने ओलीले बताए । उनले राजनीतिक दलहरूलाई सुशासन र भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने बताए । सरकारले तत्काल जनताको पक्षमा लाग्नुपर्ने र सस्तो प्रचारमा लाग्न नहुने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार