एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १६:८:७
२६ पुस, काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको छ । उसले सर्त राखेर मत दिन भएको हो । मंगलबार बिहान बसेको बैठकले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालबहसलाई जानकारी दिए ।
उनले भने, ‘बैठकले शर्तसहित समर्थन गर्ने भन्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिन हामीले केही एजेन्डाहरू राखेका छौ । ती एजेन्डा पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्कनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने हाम्रो निर्णय भएको छ ।’
राष्ट्रियता, सुशासन, बिग्रिंदै गएको अर्थतन्त्र र राष्ट्रिय महत्वका विषय आफ्ना एजेन्डा रहेको खतिवडाले बताए । प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिंदैछन् । कांग्रेसमा पनि उनलाई विस्वासको मत दिने कि नदिने भन्नबारे छलफल चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार