घनश्याम भुसालले राखे एकीकृत समाजवादी प्रवेशका लागि यस्तो प्रस्ताव
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १९:१:६
२६ पुष, काठमाडौं । आमचुनावअघि नेकपा (एमाले) छाडेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार उठेका वामपन्थी नेता घनश्याम भुसाल पूर्वसहकर्मी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने तयारीमा छन् ।
तर उनले प्रवेश गर्नुअघि उनले विभिन्न प्रस्ताव अगाडि सारेका छन् । प्रस्तावमा सकारात्मक जवाफ आए उनी छिटै एकीकृत समाजवादीमा औपचारिक रूपमा प्रवेश गर्ने भएका छन् । उनले ‘हाम्रो राजनैतिक वैभव र अवसर’, ‘अहिलेका कार्यभार’ र ‘मेरो विश्वास’ शीर्षकअन्तर्गत ५ बुँदे प्रस्ताव अघि सारेका छन् ।
उनले कम्युनिष्ट पार्टीहरु इतिहासको व्याख्या गर्ने एतिहासिक स्थान रहेको बताउँदै एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुले विचार, सिद्धान्त र संगठन विस्तारमा गरिरहेका प्रयास सकारात्मक रहेको बताएका छन ।
साथै उनले नेकपा (एमाले)को नवौं महाधिवेशनले लिएका नीति र कार्यभार पूरा गर्ने अभियानसहित अगाडि बढ्नुपर्ने, लोकतन्त्रमा आधारित क्रान्तिकारी पार्टी निर्माणमा अगाडि बढ्नुपर्ने, पार्टीमा खास व्यक्तिको व्यक्तित्व, पहिचान र प्रतिष्ठा मात्र कायम रहने अहिलेको संरचना भत्काउनुपर्ने लगायत प्रस्ताव राखेका छन् ।
प्रस्तावको जवाफ एकीकृत समाजवादीले दिइसकेको छैन । उनी जवाफको प्रतिक्षामा छन् । रुपन्देही १ बाट उनी एमालेका सचिव छबिलाल विश्वकर्मासँग पराजित भएका थिए । एमालेबाट अलग भएर एकीकृत समाजावादी गठन गर्दा उनी एमालेमै फिर्ता भएका थिए । तर गएकाे मंसिर ४ मा भएकाे प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक रिहा हुने
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार