कांग्रेसले प्रजातन्त्रमा चर्चायोग्य नयाँ भाष्य बनाएको छः ओली
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २०:५७:४८
२६ पुष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले इतिहासले सम्झने र चर्चा भइरहने प्रजातन्त्रको नयाँ भाष्य बनाएको दावी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति लक्षित गर्दै प्रतिनिधिसभामा बोल्दै ओलीले देउवालाई डेमोक्रेसीको नयाँ भाष्य बनाएको बताएका हुन् । उनले यस क्रममा विश्वासको मत दिएकोमा कांग्रेसलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि अब संसद्मा राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टी मात्रै प्रतिपक्षी दलको रुपमा रहने उनको भनाइ छ । ओलीले कांग्रेसले पनि विश्वासको मत दिएपछि संसद्मा अब प्रतिपक्षी नै नरहेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको प्रतिबद्धता स्वागतयोग्य भएको बताए । ओलीले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वसाको मत नियतबस हुनसक्ने तर्फ पनि संकेत गरेका छन् ।
उनले कांग्रेसले कुनै फाइदाका लागि दिएको हो भने त्यो सफल नहुने बताए । ओलीले कांग्रेसले दिन खोजेको समर्थनमा शंका व्यक्त गरे । उनले भने,‘यस समर्थनभित्र सदाशयताबाहेक अन्य कुरा छैन भन्ने विश्वास छ । यदि यो समर्थन कुनै जाल होइन भने यो समर्थन ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने भन्न चाहान्छु, जाल हो भने भन्न चाहान्छु माछा नभएको नदीमा जाल फ्याँकेको छ । यसभित्र भोलिका निम्ती अरु खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रित्तै हुने छ । त्यो ढोक्सा थापिएको खोला वा खोल्सीबाट कुनै माछा बग्ने छैनन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार