विश्वासको मत दिन कांग्रेसको ह्वीपमा महामन्त्रीले गरे हस्ताक्षर
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २२:२४:३३
२६ पुष, काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका छन् ।
सचेतक लेखकले दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्नका लागि सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए । हस्ताक्षर गर्नेको सूचीमा पहिलो अर्जुननरसिंह केसी, दोस्रो रामहरि खतिवडा, तेस्रो दीपक गिरी, चौथो विश्वप्रकाश शर्मा र पाँचौ गगन थापा रहेका छन् । दलका मुख्य सचेतकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेका हुन् ।
संसदीय दलले ह्वीप लगाएपछि प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका सांसदले पनि मत दिनुपर्ने बाध्यता बनेको छ । संसदीय दलको बैठकमा कांग्रेसका ६ जना सांसदले प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका थिए । तर, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले हस्ताक्षर गरेका छन् । असहमति जनाएका नेता सबैले ह्वीपमा भने सहमति जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार