म संविधानको मर्म र भावना विपरित जान्नः प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २२:४४:१०
२६ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने बताएका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको बताए ।
प्रतिनिधिसभा विघटन ठीक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको भन्दै उनले संविधानको कार्यान्वयन गर्ने आफूहरुको प्रतिबद्धता भएको बताए । उनले भने, ‘सदन विघटन सही थियो कि थिएन हाम्रो विषय होइन ।’ संविधान बनाउने क्रममा नै सदनलाई सर्वोपरि बनाउन सहमति भएको भन्दै उनले भने, ‘भोलि संविधान संशोधन गर्ने, नयाँ ठाउँमा पुर्याउने हुनसक्छ । संविधान संशोधन नहुँदासम्म त्यसको मर्म र भावनाअनुसार अघि बढ्न प्रतिबद्ध छौं ।’
उनले प्रतिनिधिसभामा भएको अपार विश्वासको वातावरणले आफूलाई जनतामाझ गरिएका प्रतिबद्धताहरु कार्यान्वयनमा निकै ठूलो अवसरको अनुभूत भएको बताए । प्रचण्डले सत्ता साझेदार दलको समर्थन सहजै अनुमान गरे पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विश्वासको मत पाउने परिस्थितिले प्रतिबद्धता कार्यान्वयनको ठूलो अवसर प्राप्त भएको बताए ।
सत्ता साझेदार दलहरुबाट विश्वासको मत प्राप्त गर्ने त सहजै अनुमान गर्न सकिने भए तर प्रमुख प्रतिपक्षी दल र अन्य प्रायः सबै दलहरुको समर्थन हुने कुरा एकातिर आउने दिनमा जनताका अगाडि गरेका प्रतिबद्धताहरु र र यो संसद्मा आज पेस गरेका प्रतिबद्धताहरु कार्यान्वयनमा निकै ठूलो अवसर प्राप्त भएको अनुभूत गरेको छु,’ उनले भने, ’यो विश्वासलाई सही तरिकाले व्यवस्थापन गर्ने, न्यायोचित तरिकाले अगाडि बढाउने कुरा निकै ठूलो जिम्मेवारी रहेको छ र मैले यो जिम्मेवारी बोक्न सक्ने हो कि होइन भन्ने बोध भइरहेको छ ।’
उनले अगाडि भने, ’एकातिर आफू निकै गौरवान्वित भएको छु, राष्ट्रिय सहमतिको केन्द्रविन्दुमा भएको महसुस भएको र अर्कोतर्फ निकै नै चुनौती र जिम्मेवारी थपिएको छ । के हुने होला, कसरी जाने होला । यो अपारविश्वासलाई न्यायपूर्ण ढंगले सम्बोधन गर्न सकुँला या नसकुँला मलाई निकै नै तरंगित पनि बनाइराखेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार