महिलालाई आत्मनिर्भर बनाउँदै तिला गाउँपालिका
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार १३:३२:३७
२७ पुष, जुम्ला । जिल्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ । गाउँपालिका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष रोकायाले बताए ।
गत मंसिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप विकास तालिम यहाँका महिलालाई दिएको पालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए । “आत्मनिर्भरका तालिमलाई महिला केन्द्रित गरेर सञ्चालन गरेका छौँ”, उपाध्यक्ष बुढाले भने, “पालिकाका नौवटै वडाका १६ महिलालाई ढाका बुनाइ तालिम दिएर पठाएका छौँ । उनीहरुले राम्रोसँग सीप सिकेर गएका छन् ।”
उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्ला र तिला गाउँपालिकाको साझेदारीमा तालिम दिएको उपाध्यक्ष बुढाको भनाइ छ । तिलाका महिलाई आत्मनिर्भर गर्नका लागि सो तालिम दिएको उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिए । तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्न अतिआवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए ।
तालिमका सहभागी शान्ति बुढाले पालिकाले दिएको सीपमूलक तालिमलाई कार्यान्वयन गर्ने हाम्रो जिम्मेवारी भएकाले अझै यहाँका महिलालाई विभिन्न प्रकारका आत्मनिर्भरका सीपमूलक तालिम दिन पालिकालाई आग्रह गरे । तिलावासीका नागरिकसँग अध्यक्ष तथा उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्नका लागि बजेट तथा कार्यक्रमबाट पारित भएकाले यहाँँका नागरिकको अपेक्षाअनुसार काम गरिने तिला गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था
माघ १४, २०८१ सोमबार
सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार