महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप एक लाख दिइने
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार १७:३४:१४
२७ पुष, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने भएको छ । साठी वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउन लागिएको नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए ।
नगरका टोल–टोलमा सहज स्वास्थ्य सेवा पुर्याउन निःस्वार्थ भावले काम गर्दै आएका नगरका महिला स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको अधिकारीले बताए । “नगर कार्यपालिकाको बैठकले नगरपालिकामा कार्य गर्दै आएका कम्तीमा पाँच वर्ष सेवा गरी ६० वर्ष उमेर पुगेर सेवाबाट अवकाश भएमा त्यस्ता महिला स्वास्थ्य स्वयंसेविकालाई रकम उपलब्ध गराउने निर्णय गरेको छ”, नगरप्रमुख अधिकारीले भने, “उनीहरूलाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने निर्णय गरेका छौँ ।”
महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कम्तीमा पाँच वर्ष सेवा गर्नेलाई उनीहरूले सेवा गरेको प्रत्येक वर्षको रु पाँच हजारका दरले अधिकतम् रु एक लाखसम्म रकम उपलब्ध गराउने निर्णय भएको अधिकारीले जानकारी दिए । “स्वेच्छाले राजीनामा दिएमा, स्वास्थ्य स्वयंसेविकाको कार्यसम्पादनको कारणबाट जिम्मेवारीबाट हटाइएमा वा उमेरबाहेक अन्य कुनै कारणले सेवामा रहन नमिल्ने भएमा यस्तो सुविधा उपलब्ध गराउन नगरपालिका बाध्य हुनेछैन”, नगरप्रमुख अधिकारीले भने । त्यस्तै सेवामा बहाल रहँदाको अवस्थामा कुनै कारण मृत्यु भएमा त्यस्ता स्वयंसेविकाको परिवारलाई पनि रु एक लाख रकम उपलब्ध गराउने नगर कार्यपालिकाले निर्णय गरेको उनले बताए ।
गैँडाकोट नगरपालिकामा हाल ४१ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । चालु आर्थिक वर्ष २०७९/८० मात्रै चार महिला स्वास्थ्य स्वयंसेविकाले उमेरहदका कारण अवकाश पाएका छन् । त्यस्तै एक जनाको मृत्यु भएको छ भने एक जना महिला स्वास्थ्य स्वयंसेविका वडा सदस्यमा निर्वाचित भएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार