मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बालकोट जाँदै प्रचण्ड
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २२:१५:३७
२७ पुष, काठमाडौं । प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तारका लागि छलफल सुरु गरेका छन् । मन्त्री र मन्त्रालयबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड केहीबेरपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्दैछन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार गोरखाबाट फर्किएर छलफलका लागि प्रधानमन्त्री बालकोट जाने कार्यक्रम रहेको छ । पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् भने भएका मन्त्रीहरुलेसमेत जिम्मेवारी पाएका छैनन् ।
सरकारमा सहभागि हुन चाहने दलहरुले उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय मागेकाले विश्वासको मत दिन अघि मन्त्रिपरिषद विस्तार गर्ने आँट प्रधानमन्त्री प्रचण्डले गरेका थिएनन् । विश्वासको मत पाएपछि आजबाट मन्त्री छानने छलफल सुरु गर्न लागेका हुन् । बालकोटमा मन्त्रिपरिषद् विस्तारबारे सत्तासाझेदार दलहरूबीच छलफल हुने बताइएको छ ।
सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल नेकपा एमालेबाट चार मन्त्री नियुक्त भइसकेका छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान एवं अर्थमन्त्रीको जिम्मेवारी पाइसकेका छन् । एमालेका नेताहरू दामोदर भण्डारी, ज्वालाकुमारी शाह र राजेन्द्रकुमार राई पनि मन्त्रीमा नियुक्त भइसकेका छन् । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका उनीहरूको मन्त्रालय टुंगो लाग्न बाँकी छ ।
अब एमालेबाट को–को मन्त्री हुनेछन् भन्ने निर्णय भइसकेको छैन । एमालेले मन्त्रालयको टुंगो लागेपछि मन्त्रीका लागि मापदण्ड बनाउने बताएको छ । अहिले कसले कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । प्रधानमन्त्री गोरखाबाट बालकोट पुगेपछि मन्त्रालयबारे छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार