गोरखालाई समृद्धिको नमूना जिल्ला बनाउँछाैं : उपप्रधानमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २३:४१:२०
२७ पुष, गोरखा । सङ्घीय सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोरखालाई समृद्धिको नमूना जिल्लाकारूपमा विकास गर्ने बताएका छन् ।
गोरखा उद्योग वाणिज्य संघको आयोजनामा गोरखा सदरमुकाममा आजदेखि सुरु भएको ११ औँ गोरखा महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गोरखाको जनताको अपेक्षाअनुसार जिल्लाको विकास निर्माणको काम अघि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै गोरखा आइपुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले भने, “निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूरा गर्ने गरी काम गर्न प्रधानमन्त्रीले मलाई निर्देशन दिइसक्नुभएको छ, अब त्यसैअनुसार गोरखाको विकास निर्माणको काम अघि बढ्छ ।”
उपप्रधानमन्त्री श्रेष्ठले जिल्लाभित्र अधुरा रहेका विकास निर्माणको कामलाई तीव्रता दिइनेसमेत बताए । उनले जनताले तीव्र विकास र आर्थिक समृद्धि चाहेकाले अब पुरानो शैलीमा काम गरेर मात्र नहुने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थालाई चलायमान बनाउन विभिन्न मेला महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको औद्योगिक व्यापार मेलाले गोरखाको आर्थिक विकासमा टेवा पुरयाउने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार