गण्डकीको सभामुखमा माओवादी केन्द्रका कृष्ण धितालकाे संभावना बलियाे
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार १७:४०:३६
२८ पुष, पोखरा । नेकपा (माओवादी केन्द्र)का सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने निश्चितप्रायः भएको छ । दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि सभामुख बन्ने पक्का जस्तै भएको छ ।
यद्यपि अहिले पनि धिताल मन्त्री बन्ने योजनामा छन् । पार्टीभित्र उनलाई सभामुख बन्न दवाव बढेको हो ।
धितालले पनि पार्टीले गरेको निर्णय मान्ने बताएका छन् । ‘उहाँलाई सभामुख बन्नुस् भनेका छौं । अझै मन्त्रीकै पक्षमा हुनुहुन्छ,’ एक सांसदले भने । ‘तर पार्टीले निर्णय गरेपछि स्वीकार गर्छु भन्नुभएको छ ।’ गण्डकीमा पाँचै वर्ष सभामुख माओवादीले पाउने निर्णय शीर्ष नेताहरुको छ ।
यहाँको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीले सपथ लिइसकेका छन् । माओवादीबाट दलका नेता चुमानले सरकारमा प्रतिनिधित्व गरेका छन् । सभामुखको निर्वाचन भने माघ २ भित्र सक्नुपर्छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित भैसक्नुपर्ने व्यवस्था छ ।
१८ पुसमा बसेको पहिलो बैठक हिसाव गर्दा २ माघ कटाउन मिल्दैन । सकेसम्म विदाकै दिन भएपनि बैठक बसेर सभामुख चयन गरिने संसद सचिवालयले जनाएको छ । यद्यपी दलहरुबीच बैठक बस्न बाँकी रहेको बताइएको छ । धिताल गोरखा १ ९१० बाट निर्वाचित भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार