गण्डकीमा पनि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छ ?
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार १७:४७:१
२८ पुष, पोखरा । संघीय सरकारको नेतृत्वका लागि नेपाली कांग्रेसले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दियो । अन्तिम समयमा आएर कांग्रेसले उनको पक्षमा मतदान गर्यो ।
८९ मध्ये ८६ सांसदले विश्वासको मत दिएका हुन् । कांग्रेसका ३ सांसद संसदमै उपस्थित भएका थिएनन् । निर्वाचनको बेला कांग्रेससँगको गठबन्धन भएपनि सरकार बन्दा कांग्रेसको गठबन्धन तोडेर एमालेसँग गठबन्धन भयो ।
माओवादी केन्द्रले साथ छोडेका कारण केन्द्रदेखि सातवटै प्रदेशबाट कांग्रेस सत्ताबाट बाहिर परेको छ । तैपनि कांग्रेसले केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुमा राजनीतिक लाभ हुन सक्ने आँकलन गरिएको छ । केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रदेशमा के हुने भन्ने चर्चा सुरु भएको छ ।
यहाँ मुख्यमन्त्री खगराज अधिकारीले २९ गते विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेस बाहेक ३३ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले विश्वासको मत लिन लागेका हुन् । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्री अधिकारीले कांग्रेससँग समेत विश्वासको मत माग्ने बताएका छन् । ‘प्रदेशमा सहमतिको सरकार बनाउन प्रयास गर्छु । कांग्रेससँग पनि आग्रह गर्छु,’ उनले भने, ‘सबै मिलेर मात्रै प्रदेशको विकास हुन सक्छ ।’ कांग्रेसले भने शुक्रबार नै विश्वासको मत दिने वा नदिने निर्णय गर्ने छ । संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बिहान बैठक बसेर निर्णयमा पुग्ने बताए ।
‘त्यसै दिन विहान ९ बजे दलको बैठक छ । बैठकमा साथीहरुको समेत राय लिएर मत दिने वा नदिने निर्णयमा पुग्छौं,’ उनले भने, ‘यो व्यक्तिको भन्दा पनि पोलिटिकल इस्यू हो । दलले गर्ने निर्णय हो ।’ कांग्रेसका केही सांसदहरुले भने कुनै हालतमा विश्वासको मत दिन नहुने तर्क गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार