यूनाइटेड र अजोड इन्स्योरेन्स एक आपसमा गाभिन सहमत
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार १८:५८:५१
२८ पुष, काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्न र गाभिन सहमत भएका छन् । यी दुई कम्पनीबीच हालै मर्जर सम्झौता सम्बन्धी प्रारम्भिक सहमति भएको हो । यी कम्पनीहरुले एक आपसमा गाभिएर नयाँ र सिंगो कम्पनी बन्नका लागि मंगलबार सहमति गरेका हुन् ।
यसअघि प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको थियो । तर विविध कारणले प्रभु इन्स्योरेन्ससँगको सहमति टुटेपछि अजोडले युनाइटेड इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सहमति गरेको हो ।
सम्झौता पत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी द्ववाले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा युनाइटेडका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडका अध्यक्ष आजाद श्रेष्ठ समेत उपस्थिति रहेको थियो ।
मर्जरपछि युनाइटेड र अजोडबीच १००ः९० स्वाप रेसियो हुने प्रारम्भिक सहमति भएको बताइएको छ । मर्जरपछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार