बागमतीको सभामुखमा कांग्रेसका शिवराज र नेमकिपाकी सृजनाकाे उम्मेदवारी
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार १९:१६:४०
२८ पुष, हेटौंडा । बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सांसद सृजना सायजुले उम्मेदवारी दिएकी छन् ।
उनले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै बिहीबार उम्मेदवारी दर्ता गराएकी हुन् ।
सायजुलाई नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइँ प्रस्तावक र गीता काफ्ले समर्थक बसेका छन् । सत्ता गठबन्धनबाट भने राप्रपाका भुवन पाठकलाई उम्मेदवार बनाउने प्रारम्भिक सहमति भएको बताइएको छ ।
यस्तै, प्रदेश सभामुख पदका लागि नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएकाे छ । बिहीबार बिहान कांग्रेसका शिवराज अधिकारीले प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर अधिकारीले सभामुख पदमा मनोनयन दर्ता गरेका छन् ।उनकाे कांग्रेसका सांसद कुन्दनराज काफ्ले प्रस्तावक र रामकृष्ण चित्रकार समर्थनक छन् ।
साेही पदका लागि सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने भएका छन् । केन्द्र सरकारका पहिलो घटक एमाले र दोस्रो घटक माओवादी केन्द्रबीच प्रदेशमा मुख्यमन्त्री लिने सभामुख त्याग्ने र सभामुख लिनेले मुख्यमन्त्री छाड्ने सहमति भएको छ । वाग्मतीमा माओवादी केन्द्रले मुख्यमन्त्री पाइसकेको छ । सभामुखका लागि चुनाव आज हुँदैछ । यो प्रदेशमा ११० सिट छन् । कांग्रेससँग माज्ञ ३७ सिट छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
शिलान्यासको सत्र वर्षपछि कालोपत्रको काम सुरु
माघ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
देश बदल्न युवाको आगमन : कांग्रेसका महामन्त्रीहरूले के गर्दै होलान् ?
माघ १५, २०८१ मंगलबार