कांग्रेसले विश्वासको मत दिनुको कारण विस्तारै पुष्टि हुन्छः डा. शेखर
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २१:५५:२३
२८ पुष, मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनुको कारण विस्तारै पुष्टि हुँदै जाने भएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुनै सहमति नभए पनि कांग्रेसले किन विश्वासको मत दियो भन्ने कुरा समयले पुष्टि गर्ने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा कोइरालाले सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच कुनै सहमति भएको जानकारी आफुलाई नभएको बताए । उनले देउवा र प्रचण्डबीच कुनै लेनदेनका विषयमा सहमति भएर मात्र कांग्रेस विश्वासको मत नदिएको भन्दै किन दियो भन्ने कुराको पुष्टि पछि हुने र अहिलेलाई कांग्रेस तिपक्ष्ँमा नै बस्ने बताए ।
कोइरालाले अहिले अरु चुनाव सकिए पनि बाँकिरहेका चुनावमा सहकार्य हुनसक्ने बताए । उनले बाँकीरहेका सबै पदमा कांग्रेसले उम्मेदवारी दिने बताए । अहिले सहयोगको अपेक्षा गरेर सरकारलाई विश्वासको मत नदिएको दोहोर्याउदै कोइरालाले भविश्वले नै सबै कुरा बताउँने दावी गरे । उनले नेकपा माओवादी र कांग्रेसबीच सहकार्य हुने र नहुने विषय पनि भविश्यले नै निर्धारण गर्ने बताए ।
डा. कोइरालाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षको भूमिका नछोड्ने दोहोर्याए । कानुनका विज्ञहरूसँग छलफल गरेर नै कांग्रेसले प्रतिपक्षमा बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनको भनाइ छ । उनले भने,‘कांग्रेसमा दुईवटा विचार आएका थिए । एउटा, प्रधानमन्त्रीलाई विश्वासको मत हाल्ने, अर्को, विपक्षमा भोट हाल्ने । मलाई के लाग्यो भने यो विषयलाई लिएर विभाजित हुनु हुन्न, तटस्थ बसौँ भन्ने प्रस्ताव राखेको थिएँ । तर, त्यसलाई मानिएन । पार्टीको निर्णय मैले माने ।’
उनले प्रतिपक्षमा बस्न मिल्छ भनेर नै भोट हालेको भन्दै कांग्रेस सरकारमा पनि सहभागी नहुने स्पष्ट पारे । संसद् विघटनलाई प्रधानमन्त्रीको अधिकार भन्ने विषय विश्वभर नै परिवर्तन भएको भन्दै उनले अब संसद् विघटन प्रधानमन्त्रीको अधिकारका रूपमा नरहेको बताए । उनले भने, ‘संसदीय व्यवस्थाको जननी राष्ट्र भनेको ब्रिटेन हो । त्यहाँ के भनिन्थ्यो भने प्रधानमन्त्रीको सबभन्दा बलियो हतियार भनेको पार्लियामेन्ट डिजल्भ गरेर फ्रेस मेन्डेट लिने हो । तर, ब्रिटेनले नै खारेज गरिसक्यो । त्यसकारण विघटन अब प्रधानमन्त्रीको अधिकार रहेन । धेरै कुरा परिवर्तन भइसकेको छ । प्रतिपक्षमा बस्नेले विश्वासको मत दिनु नै गलत भन्ने हुँदैन ।’
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्ने भएकाले यो सबैलाई विचार गरेर कांग्रेसले विश्वासको मतमा भोट हालेको बताए । नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताए । उनले यसबारे माओवादीले पनि विचार गरेकै हुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
माघ १३, २०८१ आइतबार
कोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
शिलान्यासको सत्र वर्षपछि कालोपत्रको काम सुरु
माघ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
देश बदल्न युवाको आगमन : कांग्रेसका महामन्त्रीहरूले के गर्दै होलान् ?
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार